logo

नेपाल भ्रष्ट मुलुकको सूचीमा, एसियामा नेपाल तेस्रो भ्रष्ट मुलुक

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

transकाठमाडौं, -नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १३१औं स्थानमा पुगेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले वर्ष २०१६ मा भएका विभिन्न अध्ययन र अनुसन्धानका आधारमा सार्वजनिक गरेको १ सय ७६ देशको सूचीमा नेपाल १३१औं स्थानमा देखाएको हो ।

वर्ष २०१५ मा नेपाल १३०औं स्थानमा थियो । भ्रष्टाचार मूल्यांकनका लागि टीआईको सय पूर्णांकमा नेपालले जम्मा २९ अंक प्राप्त गरेको छ । यो वर्ष २०१५ को तुलनमा भन्दा दुई अंक बढी भए पनि नेपाल एक स्थान खस्किँदै १३१औं स्थानमा पुगेको हो । गत वर्ष १ सय ६८ देशको मूल्यांकन भएको थियो । टीआईले सार्वजनिक गरेको सूचकांकमा वर्ष २०१६ को सूचीमा नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक भएको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि अफगानिस्तान र बंगलादेश रहेका छन् । टीआईले बुधबार जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा १ सय २२ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । यो तथ्यांकलाई हेर्दा पनि विश्वमा भ्रष्टाचार न्यूनीकरण भएको भन्न नमिल्ने टीआई नेपालले जनाएको छ ।

टीआईले सन् १९९५ देखि यो सूचकांक सार्वजनिक गर्दै आएको थियो । नेपाल यो सूचीमा सन् २००४ देखि समावेश हुँदै आएको छ । विश्वभरका देशमा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) ले गरेको अध्ययनलाई हेरेर टीआईले सूचकांक तयार गरेको हो । सरकारद्वारा सार्वजनिक क्षेत्र÷पदाधिकारीहरूको कामकारबाहीमा निगरानीको स्थिति, नागरिक समाजलाई राज्यको कामकारबाहीको जानकारीमा पहुँचलाई विश्व बैंकले अध्ययन गर्दै आएको छ । त्यस्तै, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, कर भुक्तानी ठेक्कापट्टा हात पार्न दिइने घूस, ग्लोबल इनसाइटले व्यापार व्यवसाय र आयात निर्यातमा भ्रष्टाचार, बर्टेल्सम्यान फाउन्डेसनले सार्वजनिक पद दुरुपयोगमा कारबाही र सरकारबाट नियन्त्रणको स्थितिलाई अध्ययन गर्दै आएको छ ।

वल्र्ड जस्टिस फर प्रोजेक्टले सरकार न्यायालय, संसार र सुरक्षा निकायका पदाधिकारीद्वारा पदको दुरुपयोग र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्टले राजनीतिक भ्रष्टाचारको अध्ययन गरेको छ । भीडीईएमको प्रतिवेदनलाई टीआईले यस वर्षदेखि अध्ययनको दायरामा राखेको छ । सार्वजनिक गरेको सूचकांकमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटानमा हुने गरेको देखाएको छ । भुटान सूचकांकमा ६५ अंक प्राप्त गर्दै २७औं स्थानमा रहेको छ । त्यस्तै, भारतले ४० अंक प्राप्त गर्दै ७९औं स्थानमा रहेको छ । नेपालअगाडि माल्दिभ्स र श्रीलंका रहेका छन् । यी दुई देश ३६ अंक प्राप्त गर्दै ९५औं स्थानमा रहेका छन् । त्यस्तै, पाकिस्तान ३२ अंकसहित ११६औँ स्थानमा रहेको छ । नेपालभन्दा बढी भ्रष्टाचार रहेको मुलुक बंगलादेश २६ अंकसहित १४५औं स्थानमा रहँदा अफगानिस्तान १५ अंकसहित १६९औं स्थानमा छ । यो सूचकांकमा अफगानिस्तान पुछारदेखि आठौं स्थानमा रहेको छ ।

अति भ्रष्टाचार हुने मुलुकमा सोमालिया पहिलो स्थानमा रहेको छ । १ सय ७६ देशको सूचीमा सोमालिया १० अंकसहित १७६औं स्थानमा छ भने दक्षिण सुडान ११ अंकसहित १७५औं र उत्तर कोरिया १२ अंकसहित १७४औं स्थानमा रहेको छ । सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्युजिल्यान्ड रहेका छन् । उनीहरू दुवैले सय पूर्णांकमा ९० पाएका छन् । यस्तै, ८९ अंकसहित फिनल्यान्ड तेस्रो स्थानमा रहेको छ भने स्विडेन ८८ अंकसहित चौथो स्थानमा रहँदा स्विजरल्यान्ड ८६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
राजनीतिक भ्रष्टाचारमा अगाडि

ट्रान्सपरेन्सी इन्टरनेसनले अध्ययनको दायरामा राखेको राजनीतिक भ्रष्टाचारमा नेपालले सबैभन्दा कम अंक प्राप्त गरेको छ । टीआईले हेर्ने भ्रष्टाचारका ६ अवस्थामध्ये राजनीतिक भ्रष्टाचारमा नेपालले सबैभन्दा कम अंक २५ पाएको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजक्ट (भीडीईएम) को अध्ययनमा नेपालले २५ अंक पाएको हो । नेपालले सबैभन्दा बढी अंक विश्व बैंकले गरेको सरकारी सेवासुविधामा सर्वसाधारणको पहुँचमा पाएको छ । नेपालले यसमा ३५ अंक पाएको छ । यो क्षेत्रमा नेपालले सन् २०१३ देखि नै निरन्तर रूपमा ३५ अंक ल्याउँदै आएको छ । त्यस्तै सरकार, संसद्, न्यायालय तथा सुरक्षा निकायमा पदको दुरुपयोगको अवस्थामा नेपालले ३१ अंक पाएको छ । वल्र्ड जस्टिस प्रोजेक्टले गरेको अध्ययनमा नेपालले अघिल्लो वर्ष २४ अंक पाएको थियो ।

नेपालमा सार्वजनिक पदको दुरुपयोगको अवस्थामा पनि दयनीय रहेको प्रतिवेदनमा उल्लेख छ । बर्टेल्सम्यान फाउन्डेसनले गरेको अध्ययनमा नेपालले २४ अंक प्राप्त गरेको छ ।

आयात निर्यात भ्रष्टाचार :  दुई संस्थाको फरक रिपोर्ट

टीआईले अध्ययनमा समावेश गरेको व्यापार व्यवसाय, आयात निर्यातको अवस्थासम्बन्धी दुई संस्थाको प्रतिवेदन भने बाझिएको छ । यस विषयमा हुने भ्रष्टाचारको अवस्था अध्ययन गर्ने संस्थाहरू वल्र्ड इकोनोमिक फोरम र ग्लोबल इनसाइडको रिपोर्टले दुई फरक अवस्था देखाएको छ । वल्र्ड इकोनोमिक फोरमले व्यापार व्यवसाय, आयात निर्यात र ठेक्का प्राप्त गर्न दिइने घूसको अवस्था झन् खस्किएको भ्रष्टाचार बढ्दै गएको देखाएको छ भने ग्लोबल इनसाइटको प्रतिवेदनले सुधार भएको देखाएको छ ।

ग्लोबल इनसाइटले गरेको प्रतिवेदनलाई आधार मानेर टीआईले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा व्यापार व्यवसायमा भ्रष्टाचार कम हुँदै गएको भन्दै ३४ अंक दिएको छ । नेपालले सन् २०१५ यही शीर्षकमा २२ अंक पाएको थियो । यता, यही विषयमा वल्र्ड इकोनोमिक फोरमले भने नेपालमा अघिल्लो वर्षभन्दा वर्ष २०१६ मा भ्रष्टाचार बढेको देखाएको छ । वल्र्ड इकोनोमिक फोरमको तथ्यांकमा सन् २०१५ मा ३३ अंक पाएको नेपालले वर्ष २०१६ मा २६ अंक पाएको छ ।

-राजधानी दैनिकबाट 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic