काठमाडौंको माइतीघरमा शिक्षकको प्रदर्शन

55 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल शिक्षक महासंघको आव्हानमा सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गरेका छन् ।

शनिबार शिक्षकहरूले फागुन २४ गते शनिवारकाठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिनुका साथसाथै अध्यादेशमा समावेश पेन्सनको प्रावधानको विरोध गरेका हुन ।

शिक्षकहरुले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरुलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायतका मागहरु अगाडी सारेर प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय अगाडि सारेका छन् ।

यस प्रदर्शनमा राहत शिक्षकहरुपनि सहभागी रहेका छन् । राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरको आव्हानमा राहत शिक्षकहरु प्रदर्शनमा उपस्थिति भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *