कोटवाडा विमानस्थलमा जहाज अवतरण-विमानस्थल बनाउने क्रममा मारिएकाको लास १४ वर्षमा पनि परिवारले पाएनन्

1459 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

96_kalikot_ngकालिकोट ।यो त्यहि स्थान हो , जहाँ विमान स्थल निर्माणका लागि मजदुरी गर्दै गरेका ३१ जना मजदुरलाई तत्कालिन शाही सेनाले माओवादीको आशंकामा गोली हानी हत्या गरेको थियो । मजदुरी गरिरहेकै अवस्थामा मारिएका मध्ये १७ जना धादिङका थिए । धादिङको जोगिमारा र धुषा गाविसबाट कामको खोजीमा ठेकेदारको पछि लाग्दै कालिकोट जिल्लाको कोटवाडा गाविसको सुन्थराली विमानस्थल निर्माण कार्यमा सहभागी भएका गरिबहरुलाई सेनाले आतंककारी भएको आरोपमा ज्यान लिएको थियो ।

कालिकोटको कोटवाडामा रहेको सुनथराली विमानस्थलमा वर्षपछि विमान सेवा सुरु भएको छ । शनिबार तारा एयरको विमान अवतरण भएको हो । २०४२ सालमा निर्माण कार्य सुरु गरिएको विमानस्थल राजनीतिक खिचातानी, अधुरो ठेक्का प्रणाली र दश वर्षे जनयुद्ध कारण निर्माणमा ढिलाइ भएको हो । तल्कालिन नेकपा माओवादीले चलाएको जनयुद्धका कारण २०५८ सालमा माओवादी भएको आशंकामा विमान स्थलमा काम गरिरहेका ३५ जना मजदुरलाई नेपाली सेनाले हत्या गरेको थियो । जसमध्ये लालबहादुर कठायत, भीमबहादुर कठायत, गोर्खे कठायत, गणेश विष्ट, टेक विष्ट र गंगा विष्ट कोटवाडाकै स्थानीय बिसिन्दा हुन् । नागरिक पर्यटन तथा उड्डयन मन्त्री जीवनबहादुर शाहीको प्रयासमा विमान सेवा सुरु भएको हो । विमानस्थाल सञ्चालनमा आउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने भन्दै स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

मारिएको १४ वर्षमा पनि परिवारले लाश पाएनन्