संस्मरणः मैदीमा पानी आयो

1506 पटक पढिएको

सम्पादक: Dhading News

Maididhading

–अरुणदेव जोशी

केहीवर्षअघिको कुरा हो, धादिङको मैदीकोट गाउँ पुगेँको थिएँ । र,  यो कथा त्यसैबेलाको हो । र, त्यहीदिन मैदीकोटमा पानी आयो । के ठूलो कुरो थियो र ? तर त्यहाँका लागि साँच्चै निकै ठूलो कुरो थियो यो । उखान नै रहेछः हुनै नसक्ने काम कहिले हुन्छ भन्दा ‘मैदीकोटमा पानी आएपछि ।’ उखानलाई नै चिर्दै मैदीकोटको गाउँमा पानी पुग्यो ।

मैदीमा त्यसअघि पानी नै नआएकै चाहिँ होइन । हरेक बिहान पानी आउँथ्यो । घरघरमा आमा, भाउजु, दिदीबहिनीको बुई चढेर । डेढघण्टाको यात्रा गरेर पानी मैदीका घर भित्रिन्थ्यो । अनि कहिलेकाँहि वर्षात्मा आकासबाट पनि आउँथ्यो । तर, अहिले मैदीमै नियमित पानी आउने भयो । त्यो पनि २० हजार लिटर ।

गाउँको पुच्छारको खोलाबाट जापानी सहयोगमा सोलार प्रविधिबाट माथिसम्म अनि घरघरै पानी पु¥याइएको हो । सात दोबाटेको पानी १ सय १० मिटर भर्टिकल हाइटमा सात सय मिटर पाइप ओच्छ्याएर पु¥याइएको हो मैदीकोट डाँडामा । पानी आयो मैदीमा, जसरी भए पनि आएरै छाड्यो ।

उसमाथि यो गाउँ त नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको ब्रतबन्ध भएको गाउँ पो हो त । उनै राजाले नेपाल खाल्डो हान्ने योजना बनाएको गाउँ पनि यही हो रे । मैदी कोटमा पानीचाहिँ अहिले मात्र आउन सक्यो । पृथ्वीनारायण शाहले एेतिहासिक स्थल बनाएको मैदीले फेरि अर्को इतिहास बनायो । अब मैदीका पाँच गाउँ सातदोबाटे, पोखरी थोक, ठूलो चौर, दबार्थोक र माथिल्लो हरियाका बासिन्दाले घरमै आएको धाराको पानी पिउन पाउने भए ।

यही एेतिहासिक खुसी मनाउन मैदीकोटमा ठूलै समारोह हुँदै छ । स्कुलको चौरमा हजारौँ मान्छे भेला पारिएका छन्–भएका छन् । त्यति सबै मान्छे मैदीकै चाहिँ होइनन् । मैदीमा पानी आएको खुसी मनाउन वरवरका गाउँका मानिस पनि आएका छन् । भेला भएकामध्ये कतिपयको गाउँमा पानीको सुविधा छैन । तर पनि उनीहरु छिमेकी गाउँको खुसीमा खुसी हुन सहभागी बन्दैछन् । अरुको खुसीमा पनि खुसी हुनु पर्छ भन्ने राम्रो सन्देश पनि दिएको छ यसले ।

समारोहमा भाषणबाजी त हुने नै भयो । भर्खरै शान्तिवार्ता सम्पन्न भएर प्रस्तावित संविधान सभाको निर्वाचनको संघारमा भएको त्यो समारोहमा सबै दलका नेताको उत्तिकै महत्व थिएन । माओवादी नेताको चैँ वाहवाही थियो । गरिब, निमुखा, दलित, असहाय सबैको समानताका लागि युद्ध नै लडेर आएको पार्टी पो त माओवादी । देशका हरेक नागरिक समान हुन्, कोही पनि अधिकारबाट वञ्चित हुनु हुँदैन भन्दै अधिकार प्राप्तिका लागि ज्यानको आहूति दिँदै आएको माओवादी । मैदी जस्तो पानी नआउने गाउँमा पानी पुग्दा उनीहरुको चर्चा नभएर कसको होस् त ? पानी कुनै एनजिओको पहलमा पुगेको भए पनि श्रेय जान्छ माओवादीलाई । उनीहरु युद्ध लडेर शान्तिमा आउनुजस्तै चमत्कार थियो मैदीमा पानीको आगमन । माओवादी नेतालाई बोलाएको पनि एनजिओले नै हो । बलेको आगो ताप्न मैदीका जनतालाई एनजिओले नै सिकाउँदैथियो ।

त्यही ठाउँबाट संविधान सभा चुनाव जित्ने सपना देखेका माओवादी नेताले पनि भनेका थिए, ‘यो नयाँ सत्ता हो । नयाँ सत्तामा हामी सबै बराबर हौँ । सबै मिलेर साझा सपना देख्छौँ अनि सबै मिलेर पूरा गर्छौँ । नयाँ नेपालको सपना अनि हामी सबै नयाँ नेपालमा छौँ ।’

जनताले नेताको कुरा आत्मसात् गरे । पररर ताली बज्यो । मैदीमा आउँदै नआउने पानी आयो अब त झन् के के पो आउने हो ! कौतुहलता, काउकुति अनि कोलाहलमा कौशौँ पर रहेको सपनाको स्वागतार्थ आतुर किसानहरु ।

खुसीयालीमा गाउँ र गाउँले रमाइरहेका छन् । उसो त रमाइलोमा सरिक एउटा छुट्टै समूह पनि छ । गाना बजाना गर्दै झन् मस्तराम । ढोल–नगारा–पञ्चेबाजा घन्किएका छन् अनि खुशीले कयौँ फुरुंग हुँदैछन् । कसैको हात तालीका रुपमा बजिरहेका छन् । कयौँ घाँटी खुलेको छ मधुर गीत गाइरहेका छन् । कयौँको शरीर अझ कम्मर मरक्क–मरक्क मर्किएका छन्, मैदीमा पानी आयो, मादल घन्कियो, आज मैदीमा छायो रौनक । खुसियालीमा पञ्चे बाजा बजाउनेहरु अबिरले राताम्मे भएका छन् । अहो, कुनाकानीतिर त मदिरा पनि व्यवस्था रहेछ । कोहीलाई त्यतै झुम्म पारिरहेको छ । गाउँमा पानी आएको हो । पानीसँगै के–के आयो–आयो । यस्तो बेला खुसी नहुने त कहिल्यै खुसी नहुने नै भयो । रमाइलो विभिन्न अवतारमा प्रकट भइरहेको थियो मैदीमा अबेरसम्मै ।

कयौँ घाँटी खुलेको छ मधुर गीत गाइरहेका छन् । कयौँको शरीर अझ कम्मर मरक्क–मरक्क मर्किएका छन्, मैदीमा पानी आयो, मादल घन्कियो, आज मैदीमा छायो रौनक । खुसियालीमा पञ्चे बाजा बजाउनेहरु अबिरले राताम्मे भएका छन् । अहो, कुनाकानीतिर त मदिरा पनि व्यवस्था रहेछ । कोहीलाई त्यतै झुम्म पारिरहेको छ । गाउँमा पानी आएको हो । पानीसँगै के–के आयो–आयो । यस्तो बेला खुसी नहुने त कहिल्यै खुसी नहुने नै भयो । रमाइलो विभिन्न अवतारमा प्रकट भइरहेको थियो मैदीमा अबेरसम्मै ।

भोलि बिहान उनीहरुको घरघरमा पानी आउँछ । हिजो अस्ति झन् अस्ति बिहान पनि आएको थियो । बस्ती बसेदेखि नै आउँदैछ । भोलि पनि आउँछ । आमा–भाउजु–दिदीबहिनीको बुई चढेर डेढ घण्टाको यात्रा गरेर ।

के रे गाउँ मै आएको पानी ?

ए, त्यो पानी त अरु जातलाई हो, उनीहरुले छुन मिल्दैन ।

अबेरसम्मको रमाइलोले दुखेको ज्यान फेरि पानी बोक्न ओरालो लाग्दै थियो । पानी आएको खुसी त्यही रमाइलोमै विलीन भयो । अहिले कस्तो होला त्यो गाउँ ? ती दृश्यहरु घुमिरहेका छन् ।

 -जनता खबरबाट