फुट्यो नेपाली कांग्रेस, रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन

1100 पटक पढिएको

१९ फाल्गुन २०७३, बिहीबार ०५:५६ सम्पादक: धादिङ न्यूज

 nepali-congressनेपाली कांग्रेस फुटेको छ । ४० वर्षसम्म नेपाली काँग्रेस कोषाध्यक्ष रहेका काँग्रेसका सँस्थापक नेता रामबाबु प्रसाँईको नेतृत्वमा ‘नेपाली काँग्रेस राष्ट्रवादी’ गठन भएको छ ।

काँग्रेसका पुराना नेता तथा पूर्व मन्त्री एवम् काठमाडौं उपत्यकाका पूर्व मेयर पि.एल सिंह, नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका वि. वि पि पुत्र प्रकाश कोईराला तथा ने.वि संघका संस्थापक संयोजक,वरिष्ठ अधिवक्ता ,१३ वर्ष जेल जीवन बिताएका ०४७ को संविधानका मस्यौदाकारसमेत रहेका देवेन्द्र नेपालीसहितका वरिष्ठ नेताहरुले ०७२ को संविधान नेपाल र नेपालीको हितमा नभएको र ०४७ को संबिधान नै नेपालका लागि उत्कृष्ट संबिधान भएको निष्कर्ष निकाल्दै नेपाली काँगेसले यसको मर्मविपरित कार्य गरेको भन्दै असन्तुष्ट नेताहरुले अपिल निकालेर ‘नेपाली काँग्रेस राष्ट्रवादी’ पार्टी खोलेको बताएका छन् ।

‘अबैध रुपमा जवरजस्ती लाद्न खोजिएको ०७२ को संबिधानलाई पूर्णतः खारेज गरि २०४७ को नेपाल अधिराज्यको संबिधान पुनस्र्थापना गरि क्रियाशिल गराउन सार्वभौम जनता र राज्यका सबै पक्ष अहिंसक जनआन्दोलनमा सक्रिय हुन सबैको कर्तव्य हो’अपिलमा भनिएको छ ।

हेर्नुहोस अपिल 

apil1

apil2