मधेसी मोर्चाका नेता सुन्देशर यादव एमाले प्रवेश

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 
morcha-emale-prabeshनेकपा एमालेले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिरहँदा तराईमा पार्टी प्रवेशको लहर चलेको छ ।

यसैक्रममा सोमबार मधेसी मोर्चाका युवा नेता सुन्देशर यादव एमाले प्रवेश गरेका छन् । अनिल झाको नेतृत्वमा रहेको संघीय सद्भावना पार्टीबाट संविधानसभा चुनावमा धनुषा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका यादव आफ्ना दर्जनौं कार्यकर्तासहित आज दिउँसो जनकपुरस्थित एमाले पार्टी कार्यालय मिथिलाभवनमा आएरै पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमालेका केन्द्रिय सदस्य श्रीप्रसाद साह र यदुवंश झाले टीका र माला लगाएर पार्टीमा स्वागत गरे ।

केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको विकासमा गरेको पहल र एमालेले उठाइरहेको राष्ट्रियताको एजेण्डा बुझेपछि उनीहरु जनकपुरका स्थानीय नेता एवं युवा संघका सचिवालय सदस्य सञ्जीवकुमार झामार्फत एमालेमा आबद्ध भएका हुन् ।