तपाई कुन गाउँपालिका वा नगरपालिका पर्नु भयो त ? हेर्नुहोस् (सुचिसहित)

2005 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepal map_arthasansar 27काठमाडौं: सरकारले शुक्रबारबाट लागु हुने गरि स्थानीय तह कार्यान्व्यनको घोषणा गरेसंगै धेरै नागरिकको ठेगाना बदलिएको छ । स्थानीय तह कार्यन्व्यनमा आएसंगै यसअघि रहेका २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ गाउँ विकास समिति ७ सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएसंगै नागरिकको ठेगाना फेरबदल भएको हो ।

सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन् ।

सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका बनाएको हो । काठमाडौं, ललितपुर, चितवन र कास्की जिल्लामा क्रमशः काठमाडौं, ललितपुर, भरतपुर र पोखरालेखनाथ नामका महानगरपालिका बनाएका छन् भने बिराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका बनाइएका छन् ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार प्रकाशित राजपत्र देखाउँदै गाउँपालिका र नगरपालिका कार्यान्वयन सुरु भएको घोषणा गरेका थिए । जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ ।

अब अञ्चल र जिल्ला भन्दा पनि यो गाउँपालिका वा नगरपालिका भनेर आफ्नो परिचय दिनुपर्ने भएको छ । हिजोसम्म एउटा ठेगाना बताइरहने तपाईले अब नयाँ ठेगाना बताउनु पर्ने र लेख्नु पर्ने भएको छ । तपाई कुन गाउँपालिका वा नगरपालिका पर्नु भयो त ?

यो लिंकमा क्लिक गरेर हेर्नुहोस ।  http://www.mofald.gov.np/ne/node/1836