प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडे

1221 पटक पढिएको

२९ फाल्गुन २०७३, आईतवार १६:५० सम्पादक: धादिङ न्यूज

5867594355_31काठमाडाैं, २९फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गरेका छन् । लोहनीले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।

पार्टी एकतापछि चुनाव चिन्ह हलो राख्नुपर्ने अडान लिदै आएका डा. लोहनीले अाइतबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्, ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’

लाेहनीले मन्त्रिपरिषद्मा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको समेत आरोप लगाएका छन् ।