प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने राप्रपाको निर्णय

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाडौं १८ बैशाख । पार्टीका नेताहरुको दबावका बीच राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको छ ।

 सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।

सरकारमा सहभागी भएको प्रमुख सत्ता घटकलाई समेत थाहा नदिई छापमार शैलीमा महाअभियोग प्रस्ताव दर्ता गर्नुले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको बैठकपछि राप्रपा अध्यक्ष कमल थापाले पत्रकारहरुलाई बताए । राप्रपाका नेता राजाराम बर्तौलाले सरकारबाट बाहिरिने निर्णयबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको बताए ।