logo

तालमेलको चपेटामा धादिङका महिला उम्मेदवार

954 पटक पढिएको

सम्पादक: Dhading News

Kalpana-dhikari_-nepali-Congress-768x512धादिङ-स्थानीय तहको निर्वाचनमा फरकफरक पार्टीबीचको चुनावी तालमेलका कारण धादिङमा महिला उम्मेदवार उम्मेदवारी फिर्ता लिन बाध्य भएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको चुनावी तालमेलका कारण ती पार्टीबाट उम्मेदवारी दिएका महिला उम्मेदवार पछि हट्नुपर्ने अवस्था आएको हो । जिल्लामा सबैको चासो बनेको नीलकण्ठ नगरपालिकासहित पाँच स्थानीय निकायमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । तालमेलका कारण माओवादी केन्द्रबाट नीलकण्ठ नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गराएकी शोभा डंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी कल्पना अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

तालमेलमा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिने सहमति भएपछि माओवादी केन्द्रबाट प्रमुखमा मनोनयन दर्ता गराएकी डंगोल र कांग्रेसबाट उपप्रमुखमा मनोनयन दर्ता गराएकी अधिकारी आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएका हुन् । उनीहरू भन्छन्, ‘पार्टीको निर्णय मान्दा उम्मेदवारी फिर्ता लिनुप-यो ।’

नगर तथा गाउँपालिकाको प्रमुख वा उपप्रमुख पदमध्ये एकमा महिला उम्मेदवार अनिवार्य छ । तर, दुई पार्टीबीचको तालमेलका कारण महिलाहरू मुख्य पदमा उठ्नबाट वञ्चित भएका छन् । संविधानले स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराएको छ । तर, तालमेलबाट महिलालाई आफ्नो हकबाट वञ्चित गराइएको छ ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मी थापाको उम्मेदवारी नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । उम्मेदवारी मनोनयनका क्रममा धादिङका दुईवटा स्थानीय तहको प्रमुख पदमा महिला उठाएको नेकपा माओवादी केन्द्रले दुवै महिलाको उम्मेदवारी फिर्ता लिएको छ । नगर तथा गाउँपालिकाको प्रमुख पदमध्ये एउटा पदमा महिला उम्मेदवार बनाउन पर्ने अनिवार्य व्यवस्था भए पनि धादिङका राजनीतिक दलहरूले भने तालमेलका नाममा महिलाका नाम फिर्ता लिएका हुन् ।

‘पार्टीले टिकट दियो, फेरि पार्टीले नै पछि हटायो,’ नीलकण्ठ नगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराएर पनि फिर्ता लिएकी डंगोल भन्छिन्, ‘पार्टीको एजेन्डा र झन्डा बोकेर हिँडेको मान्छे म, दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीलाई धोका दिन सकिनँ, उम्मेदवारी फिर्ता लिएँ ।’

उता, उपप्रमुखमा मनोनयन दर्ता गराएर फिर्ता लिएकी कांग्रेसकी कल्पनाको पनि भनाइ उस्तै छ । उनले भनिन्, ‘राजनीति भनेको यस्तै रहेछ, नचाहँदानचाहँदै पनि पछि हट्नुपर्ने ।’

पार्टीले निर्णय गरेकाले जनता साथमा हुँदाहुँदै पनि त्याग गर्नुप-यो,’ अधिकारीले गुनासो सुनाइन् । ‘आफूले चाहेर उम्मेदवारी फिर्ता लिएको भन्ने त हुँदै होइन,’ अधिकारीले भनिन् ।

मनोनयन दर्ता गर्ने दिनको बिहानसम्म उपप्रमुखको चर्चामा रहेकी डंगोलले दिउँसो प्रमुखमा मनोनयन गराउँदा अन्य दलका उम्मेदवार चकित भएका थिए । कांग्रेसबाट केही समय प्रमुखको चर्चामा रहेकी अधिकारीले उपप्रमुखमा मनोनयन दर्ता गराउनुलाई सामान्य मानेका थिए । धादिङको नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र नेकपा माओवादीले उपप्रमुख लिने गरी चुनावी तालमेल भएपछि यसको सिकार दुवै पार्टीबाट महिला नै परेका छन् ।

नेपाली कांग्रेसमा प्रभावशाली नेतृका रूपमा चिनिएकी अधिकारीको उम्मेदवारीले सबैको चासोको केन्द्र नीलकण्ठमा जित हासिल गर्ने आँकलन गरिएको थियो । तर, तालमेल र अधिकारीको उम्मेदवारी फिर्ताले धादिङ कांगे्रसका असल कार्यकर्ता रुष्ट बनेका छन् । केही कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आक्रोशसमेत पोखेका छन् ।

-राजधानी दैनिकबाट


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza