धादिङको उत्तरी भेकमा सडक पुग्न दस महिना लाग्ने

1080 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हरिहरसिंह राठौर, सोमदाङ (धादिङ)
somdang-1-08062017114900-1000x0

जेष्ठ २५, २०७४- रसुवाको स्याफ्रुबेंसी हुँदै जिल्लाको उत्तरी भेक तिप्लिङ्गमा सडक पुग्न अझै १० महिना लाग्ने निर्माण कार्यमा जुटेको संस्थाले जनाएको छ ।

जिल्ला विकास र सडक डिभिजनमार्फत रकम लिएर विगत १० वर्षअघिदेखि सडक निर्माण आरम्भ गरिएको सोमदाङ–तिप्लिङ सडक उपभोक्ताहरुले कामै नगरेपछि अलपत्र परेको थियो ।  ‘रसुवाको स्याफ्रुबेंसीबाट सोमदाङसम्मको ४२ किमि सडक नेपाली सेनाले २०४४ सालमै सम्पन्न गरेको थियो । नेपाल सरकारले गणेश हिमालमा रहेको जस्ता खानी अध्ययन र सञ्चालन गर्न उक्त सडक नेपाली सेनामार्फत निर्माण गरेको थियो । ३२ सय मिटर उचाईको सोमदाङ्गबाट ४ हजार मिटर उचाईको पाङ्गसाङ्ग देउराली कटाई तिप्लिङ्गसम्म २६ किमि दूरी छ ।

‘विगतका वर्षहरुमा उपभोक्ताहरुले जिम्मा लिने तर कमै नगरी लाखौं रकमको दुरुपयोग हुने गरेको थियो । दुई वर्षका अवधिमा मात्रै स्थानीय उपभोक्ताहरुले जिल्ला विकास समितिबाट कामै नगरी ४० लाख रकम भुक्तानी लिएपछि उजुरी पनि परेको थियो’ सोमदाङका स्थानीय दावा तामाङले बताए इकान्तिपुरमा खबर छ ।