logo

बाँदरले चिथोरेका मकैको घोगासहित किसान आन्दोलित

784 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ-बादर आतंकले त्रसित किसान चिथोरेका मकैको घोगासहित आन्दोलनमा उत्रेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–९ देखि १२ सम्मका किसान र ज्वालामुखी गाउँपालिकाका किसान अहिले बाँदर आतंकबाट पीडित भएका छन् ।

Dhanig-news-photo-768x576

बाँदरले चिथोरेका मकैको घोगाको माला बनाएर धादिङबेसीमा प्रदर्शनमा उत्रिएका पीडित किसान । 

बाँदरले दैनिक खेतबारीमा मात्र नभई बस्ने बस्तीमा समेत हैरान बनाएपछि किसानहरू आक्रोसित हुँदै आन्दोलनमा उत्रेका हुन् । बाँदर नियन्त्रणका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयमा ध्यानाकर्षण गराएपछि माग सुनुवाइ नभएको उनीहरूको भनाइ छ । किसानलाई मार्न पाइँदैन, किसानलाई बाँच्न देऊ, उचित क्षतिपूर्तिको व्यवस्था गर भन्दै बाँदरले चिथोरेर छोडेका मकैको घोगासहितले माला घाँटीमा लगाएर प्रदर्शमा उत्रिएका हुन् । बाँदरले चिथोरेका मकैको घोगासहित प्रदर्शन गरेको कारण माग सुनुवाइ हुनेमा मनकुमारी श्रेष्ठ आशावादी रहेकी छिन् राजधानी दैनिकले खबर लेखेको छ ।

नीलकण्ठ–९ स्थित पाल्पा, मुरलीभन्ज्याङ, अलैंचे, आरनटार धौखोलालगायत क्षेत्रमा बढी बाँदरको आतंक रहेकाले स्थानीयले उक्त क्षेत्रमा बाँदर नियन्त्रण गर्न नसकेपछि प्रशासनको गुहार मागेका हुन् । यस क्षेत्रमा किसानहरूले वर्षौंदेखि बाँदर आतंकको पीडालाई खेपिरहेका छन् । वर्षांैदेखि गाउँमा बाँदर आतंक मच्चिँदै आएको र बर्सेनि जिल्ला प्रशासनलगायत निकायहरूमा बाँदर नियन्त्रणको माग गर्दै आए पनि सुनुवाइ नभएपछि प्रदर्शनमा उत्रिएको बाँदर पीडित समूहका अध्यक्ष तिलप्रसाद लम्सालले बताए ।

किसानहरूले जिल्ला सदरमुकाम परिक्रमा परी नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र वन कार्यालयमा तत्काल बाँदरको आतंक नियन्त्रण गर्न ज्ञापन पत्रसमेत बुझाएका छन् । यसअघि पनि गाउँमा बाँदरले साह्रै दुःख दिएको भन्दै पटकपटक लिखित रूपमा बाँदर नियन्त्रणका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर कुनै पनि सुनुवाइ नभएपछि आन्दोलनमै उत्रिनुपरेको किसानले बताएका छन् ।

‘बाँदरले न खेतीपाती नै गर्न दियो न खाद्यान्न नै सुरक्षित रूपमा राख्न दियो । जहाँ राखे पनि बाँदरले सखापै पारिदिन्छ,’ पीडित बताउँछन् । दिनहरँ खेतबारीमा बाँदरको गोठालो बस्दासमेत बाँदर नियन्त्रण गर्न नसकेर आन्दोलित भएका हौं,’ लम्साल भन्छन् । यस ठाउँलाई तत्कालीन मुरलीभन्ज्याङ गाउँ विकास समितिले पनि गाउँ परिषद्बाटै निर्णय गरेर अघिल्लो आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि भन्दै १५ हजार सहयोग पनि गरेको थियो ।

खेतबारीमा लगाइएको धान, मकै र नगदेबाली बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको छ । बाँदर आतंक नियन्त्रणका लागि प्रदर्शनपछि बुधबार पनि प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई निवेदन दिँदै बाँदर पीडित किसानले आफ्नो खेतबारीको अन्नबाली, फलफूल र तरकारी संरक्षणको माग राखेका छन् । किसानले बाँदर आतंक नियन्त्रण गर्न र  बाँदरले पु¥याएको क्षतिपूर्तिको व्यवस्था मिलाउन प्रशासन, वन कार्यालय र कृषि कार्यालयसमक्ष आग्रह गरेका छन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza