logo

खरीको सुख्खा डाँडामा पानी आएपछि जिल्लाभर छायो खुसीयाली

1693 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ-धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ५ साविकको खरी गाविसलाई  जिल्लाकै सुख्खा ठाउँमा हेरिन्छ  । बस्ति नजिकै पानीको मुहान नभएका कारण यहाँका वासिन्दालाई सँधैभरी पानीको समस्या रहँदै आएको छ ।

dhading water (1)(1) (1)जहाँ इच्छा त्यहिँ उपाय भने जस्तै खरी गाविसका पुर्व अध्यक्ष रामहरी पोखरेलले कसैले कल्पना नगरेको काम गरेर सुख्खा डाँडामा पानीको छेलोखेलो पारिदिएका छन् ।खरीमा गरिएको परीक्षण पछि पानीको समस्या रहेका धादिङ जिल्लाका धेरै स्थानमा अहिले यो प्रविधिको वारेमा जनचासो बढेको छ । कसैले पनि पानी आउँ भनेर पत्याएका थिएनन, हामीले यो ठाउँमा पानीको श्रोत भेटिने विश्वासले काम शुरु गरेका थियौं । हामीले जुन विश्वासका साथ काम गरेको हो, त्यो पुरा भएपछि अहिले जिल्लाका धेरै ठाउँबाट पानीको श्रोत खोजिदिन स्थानीय निकायका जनप्रतिनिधिहरुले आग्रह गर्न थालेको  पोखरेलले वताउनु भयो ।पोखरेललाई भेटेपछि गल्छीगाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरीप्रसाद खतिवडालाई पनि आफ्नो वडाको खानेपानीको समस्या समाधान गर्न सकिने आत्मविश्वास मिलेको छ ।

ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनीबाट पानी निकालिएपछि गाउँवासीमा खुसियाली छाएको छ । पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताए । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनीबाट डिप बोरिङ गरी पानी निकालिएको थियो ।

dhading water (2)‘गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । यन्त्र ल्याएर पानी निकालेपछि गाउँवासी हर्षित भएकाले अब जिल्ला समन्वय समिति र डीसीए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ,’ पोखरेलले भने । डीटीएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि ४ लाख रुपैयाँ खर्च गरी यन्त्र ल्याई पानी निकालिएको हो ।

सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १२० मिटर तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रूपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २०५ मि तलबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रूपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ । हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघन्टा ३० हजार लि सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाइ छ । रानीपोखरी, धुसेनीलगायत स्थानमा ५ सय २० घरले सो पानी उपभोग गर्ने गरी ४० लाख रुपैयाँको लागतमा योजना निर्माण गरिने योजना छ ।

भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २ सय ५०, अम्बोटे पोखरीमा २ सय, भत्केको पौवामा २ सय र अन्नपूर्ण घलेडाँडामा ३ सय घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ । एक साताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र पानी निस्किएमा योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ ।

‘गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । कम्पनीसँगको जोखिममा मेसिन ल्याएर पानी निकालेपछि गाउँले हर्षित भएकोले अब जिल्ला समन्वय समिति र डिसिए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ’, पोखरेलले बताउनुभयो । डिटिएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि चारलाख खर्च गरेर मेसिन ल्याई पानी निकालिएको हो ।

सुख्खा डाँडामा मेसिनले डिप बोरिङका लागि खनेपछि १ सय २० मिटर तल पानी भेटिएको थियो । लामो समय पानी दीर्घकालिन रुपमा निकालेर गाउँलेले प्रयोग गर्न सकुन् भनेर २ सय ५ मिटर तबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर र दीर्घकालिन रुपमा पानी पुग्ने कम्पनीले दावी गरेको छ ।

हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघण्टा ३० हजार लिटर सफा पानी पिउन योग्य हुने गरि निकालिएकोले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाई छ । रानीपोखरी, धुसेनीलगायतको स्थानमा ५ सय २० घरले यो पानी उपभोग गर्नेछन् ।  ४० लाखको लागतमा योजना निर्माण गरिने योजना रहेको छ ।

 

 


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza