देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

281 पटक पढिएको

७ बैशाख २०८२, आईतवार ०६:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं,७ बैशाख २०८१ ।  सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत हिजो बैशाख ६ गते शनिबार र आज आईतबार देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ।

स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रियता
कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।

बालबालिकाको स्वास्थ्यका लागि भिटामिन ‘ए’ र जुकाको औषधि किन आवश्यक छ ?
नेपालमा अझै पनि कुपोषण बालबालिकाको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। कुपोषणले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्दछ। बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने यसको दीर्घकालीन प्रभाव जीवनभर रहन सक्छ। यिनै समस्याहरू न्यूनीकरण गर्न सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।


✏ Email- TRANSFER 1,239799 bitcoin. Confirm => https://graph.org/Message--120154-03-25?hs=db3957c37547b219d6f9cdeba84363d5& ✏ says:

fy37ng