कृष्णभिरमा मोटरसाइकल पल्टिंदा सिन्धुली तीनपाटनका मिनबहादुरको ज्यान गयो
685 पटक पढिएको
धादिङ, ७ बैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बेलुकी पख मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदीकिनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएको जानकारी दिए ।
मृतकको शवसहित दुर्घटनाग्रस्त मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको हमालले बताए ।मोटरसाईकल कता जाँदै गरेको थियो भन्ने खुल्न सकेको छैन ।








f4pp2l
Very good https://is.gd/tpjNyL