रानीझरनामा चौथो क्यानोनिङ महोत्सव शुरु
2187 पटक पढिएको
धादिङ – अग्ला झरनामा डोरी टाँगेर खेलिने साहसिक खेल क्यानोनिङ (छाँगावरोहण) महोत्सव धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शुरु भएको छ ।
हाल कास्कीको ल्वाङघलेलमा एक, नुवाकोटको ककनीमा दुई, काठमाडौँको सुन्दरीजलमा एक र सिन्धुपाल्चोकको भोटेकोसीका पाँच झरना व्यावसायिक क्यानोनिङ खेल क्षेत्रका रुपमा विकसित भइसकेको छ । लमजुङ र काभ्रेसहितका सो क्षेत्रका कुल २५ झरना क्यानोनिङ खेलका लागि पहिचान गरिएको एसोसियसनले जनाएको छ । यो खेलका लागि विश्वको सबैभन्दा उचाइमा रहेको झरना पाँच हजार २१५ मिटरको मनाङस्थित नार फुमा हो ।चौथो क्यानोनिङ महोत्सवको जेठ २५ गते शुक्रवार नेकपाका नेता सूर्य थापाले उदघाटन गर्नु भएको हो । राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने र पोखरा तथा चितवन जाने पर्यटकहरुको गन्तव्यका रुपमा रानी झरनालाई विकास गर्नु पर्ने नेता थापाले वताउनु भयो । रहेको र मनोरम प्राकृतिक दृष्यावलोकन गर्दै भरपुर आनन्द लिन सकिने रानी झरनालाई पर्यटकीय गन्तव्य वनाउन स्थानीय सरकारले दिर्घकालिन कार्यक्रम वनाएर अघि बढ्नु पर्नेमा उहाँको सुझाव थियो ।
नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक व्यवसायिक रुपमा शुरुवात गरेको क्यानोनिङ तालिम समापन तथा चौथो क्यानोनिङ महोत्सवको को पहिलो दिन डेढ सय भन्दा धेरै जनाले क्यानोनिङ गरेका थिए ।
पृथ्वीराजमार्गको महादेवबेँशीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडक मार्ग प्रयोग गरी सडकबाट पाँच मिनेट हिडेर खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकाले रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालीमसमेत दिईएको थियो ।क्यानोनिङ महोत्सव उदघाट्न कार्यक्रमलाई नेकपाका केन्द्रिय थापाका साथै थांक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च( भिटोफ)का अध्यक्ष कमल सापकोटा, नेपाल क्यानोनिङ ( छाँगाबरोहण ) संघका अध्यक्ष राजेन्द्र लामा, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे धादिङका प्रहरी नायव उपरिक्षक डम्बरवहादुर बिक लगायतले सम्वोधन गर्दै पर्यटन विकासले मुलुकमा आर्थिक तथा सामाजिक विकास सम्भव रहेको वताउनु भएको थियो ।

















