नेत्रावती गाउँपालिका स्तरीय रनिङ शिल्ड निरन्जना माविलाई
1260 पटक पढिएको

मार्पाक २९ माघ – धादिङको नेत्रावती गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार मार्पाकको मिलनवजारमा सम्पन्न भएको छ । नेत्रावती गाउँपालिका वडा नम्बर १ को मार्पाक मिलनवजार स्थित निरन्जना माध्यमिक बिद्यालयमा दुई दिन सम्म संचालन भएकोे प्रतियोगिताको रनिङ शिल्ड आयोजक निरन्जना माध्यमिक बिद्यालयले हात पारेको छ ।

प्रतियोगितामा निरन्जना मावि पहिलो, मंगलादेवी मावि दोश्रो, कुण्डलादेवी मावि तेश्रो र महेन्द्रवाराही मावि सान्त्वना भएको र चौतारा मावि सहभागी मात्र भएको थियो । प्रतियोगिताको शिल्ड विजेता तथा पहिलो, दोश्रो, तेश्रो हुनेलाई खेलकुद समापन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बिशेष अतिथि नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष नारायण शाक्यले शिल्ड मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रतियोगितामो भलिवल दौड,हाईजम्प,लङजम्प,छेलो, तथा भाला खेलमा छात्र, छात्राहरुको छुट्टाछुट्टै सहभागिता रहेको थियो । कार्यक्रममा सवै खेलमा सहभागि भएका बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरी भलिवल प्रशिक्षक धादिङ सिद्धलेकका सोमवहादुर श्रेष्ठ, खेल प्रशिक्षक कुमार सिटौला लगायतलाई पनि सम्मान गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको खेलकुद समापन कार्यक्रममा बिद्यालयका पुर्व प्रधानाध्यापक केशरीप्रसाद पन्त, नेत्रावती डवजोङ गाउँपालिकाका वडाअध्यक्षहरु, श्रोत व्यक्ति हेमराज भट्ट, विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्थाका प्रमुखहरुको आतिथ्य रहेको थियो । बिद्यालयहरुमा खेलकुदको विकास गरी खेलाडी बिद्यार्थीहरुको प्रतिभाको उजागर गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको नेत्रावती डवजोङ गाउँपालिकाले जनाएको छ ।