धादिङ औद्योगिक पर्यटन मेलामा दर्शकको उत्साहजनक सहभागिता
2085 पटक पढिएको
धादिङबेसी -धादिङको सदरमुकाम धादिङबेसीमा धादिङ पर्यटन तथा औद्योगिक मेला जारी रहेको छ ।
जिल्ला होटल संघ धादिङको आयोजनामा फागुन १७ गते देखी मेला सुरु भएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा संचालन भईरहेको मेलामा अवलोकन कर्ताहरुको उलेख्य रुपमा सहभागि भइ रहेको मेला व्यवस्थापन समितीका सँयोजक राजकुमार श्रेष्ठले वताउनु भयो ।
औद्योगिक मेलामा देश विदेशमा ख्याती कमाएका चर्चित गायक गायिका, हांस्य कलाकारहरुका साथै जिल्लाका नव प्रतिभाहरुले भरपूर मनोरन्जन दिईरहेका छन् ।सोमबार हाँस्य कलाकार मनोज गजुरेल, गायक पुष्कल शर्मा,गायिका ज्योती मगर, गायक राजकुमार वानियाँ, अनुराग थापा लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।







