logo

अष्ट्रेलियाबाट’निरमाया’ लिएर आए श्याम शितल

1480 पटक पढिएको

सम्पादक: Dhading News

 जापानमा व्यवसाय गरेर बस्दै आईरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३१ बर्षिय श्याम शितल जापानबाट लुसुक्क  अष्ट्रेलिया पुगेको खबर आएपछि एक्कासी शितल किन अष्ट्रेलिया गएको होला भनेर  धेरैलाई शंका थियो  ।  अष्ट्रेलिया गएका शितलले गएको शनिवार अष्ट्रेलियाबाट‘निरमाया’ लिएर आएपछि निकै चर्चामा आएका छन । तपाईलाई पनि लागेको होला को हो त्यो निरमाया भनेको ? कतै श्याम शितलले अर्को विवाह त गरेन ?  उस्को त पहिल्यै विवाह भईसकेको होइन र !  तपाईले यस्तै सोच्नु भएको भए तपाई गलत सावित हुनु भएको छ किन भने श्याम शितलले भित्र्याएको निरमाया त  नयाँ म्युजिक भिडियो हो ।

गएको शनिवार युट्युव च्यानलमा प्रवेश भएको निरमाया लाई फागुन २९ गते बुधवार दिउंसो ३ वजेर १८ मिनेट जांदा २ लाख ७१ हजार ३ सय ३१ जनाले हेरिसकेका छन ।   लोक तथा आधुनिक दुवै विधामा गाउन सक्ने क्षमता बोकेका शितलले ‘निरमाया संधै मलाई तिम्रै छ पिर माया’ बोलको गित युट्युव मार्फत सार्वजनिक गरेका हुन ।
श्याम शितल स्वयंकै शव्द, स्वर र संगित रहेको निरमाया मा चर्चित एरेन्जर उदयराज पौडेलको एरेन्ज रहेको छ । अष्ट्रेलियाको चर्चित नृत्य समूह द नेक्स टिम ( THE NEXT TEAM)ले म्युजिक भिडियोको निर्माण गरेको हो ।
दर्जनौं गित संगितमा जोडिएका शितल २०६० सालमा नरोउ भन्नेले वोलको लोकदोहोरीबाट सांगितिक यात्रामा निस्किएका हुन् । उनले अहिले सम्म ३ दर्जन भन्दा बढी आधुनिक तथा लोक गित गाईसकेका छन । सुमधुर स्वरका धनी उनको अहिले सम्म आधुनिक तर्फ ‘तिमिले मलाई माया गर्दा कसैको मन रुन्छ भने’, तिमिलाई सम्झिएर कति राट काटी सके, माया पनि धन सँग साट्न थालेपछि, त्यो रातो घांगर, तिम्रो मनको मान्छे म, परदेशीले माया मा¥यो नभन है माया, भन्ने वोलको गित एल्वम सहित वजारमा आईसकेको छ ।
यसै गरी लोकदोहोरी तर्फ पनि शितलको स्वरमा रहेको ‘नरोउ भन्नेले,हातमा चुरा छ’,’रुमाल साटे माया फाट्छ रे’,’मुटु चिरा भो’, ‘मट्टितेल र सलाई’ वोलको गित एल्वम सहित वजारमा ल्याई सकेका छन । उनको स्वर, संगित र भूमिका रहेका पुराना गितहरु अहिले पनि युट्युवमा सुन्न सकिन्छ ।
केही बर्ष देखि जापानको नागोया शहरमा रेष्टुरेण्ट संचालन गर्दै आएका शितल धादिङमा कुनै वेलाका निकै परिचित संचारकर्मी समेत हुन । धादिङमा जन्मिएका ३१ बर्षिय चर्चित गायक श्याम शितलले नेपालका थुप्रै सांगितिक कार्यक्रम, मेला,महोत्सवहरुका साथै जापानमा हुने सार्वजनिक कार्यक्रमहरुमा पनि गित गाईसकेका छन ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza