गल्छी गाउँपालिकाको लोगो बनाउनेलाई ३० हजार पुरस्कार
1900 पटक पढिएको

गल्छी – धादिङको गल्छी गाउँपालिकाले आफ्नै प्रतिक चिन्ह (लोगो) निर्माण गरि प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाको आधिकारिक प्रतिक चिन्हको रुपमा निर्माण गर्न लागिएको लोगो डिजाईनका लागि व्यवसायिक डिजाईनरहरुलाई गाउँपालिकाले सार्वजनिक आव्हान गरेको छ । उत्कृष्ठ डिजाइनको लागि रु ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत दानवहादुर ऐडीले वताउनु भयो ।
गाउँपालिकाले बैशाख २८ गते सूचना प्रकाशित गरि लोगो डिजाइनको लागि सार्वजनिकआव्हान गरेको हो । डिजाइनकर्ताहरुले २०७६ जेठ १५ गते भित्र आंफुले वनाएको लोगोको डिजाइन गाउँपालिकाको कार्यालयमा बुझाउनु पर्ने पनि ऐडीले जानकारी दिनु भयो ।