डिभिजन वन कार्यालय धादिङको अनुरोध

386 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

डिभिजन वन कार्यालय धादिङको अनुरोध

पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाई अक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप विकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन पाउँदैनन् र पृथ्वीको सतह, बायुमण्डल र समुद्रको सतह तताउँछन् । कार्वन डाईअक्साईड त्यसमध्ये एउटा महत्वपूर्ण ग्याँस हो, जसको अर्को नामतातो हावा पनि हो । मानविय गतिविधिले विशेष गरी औद्योगिक क्रान्तिपछि उत्सर्जन भएका हरित गृह ग्याँसहरुको मात्रा बायुमण्डलमा अत्यधिक मात्रामा बढ्न गएकोले पृथ्वीको सबै भागहरुको तापमान हानीकारक हुनेगरी बढिरहेको छ ।

बायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्व तापमान बृद्धिमा झनै बल पुगेको छ । उदाहरणको लागि प्लाष्टिक डढाउने, वन डढेलो, वनविनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिक वन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्न जाँदा जलवायु परिवर्तन तिब्र हुनपुगेको छ । जलवायुको गुणहरुमा परिवर्तन हुन जाँदा तापक्रम र वर्षको मात्रा, तालिका र तिब्रतामा फेरबदलआएको हामी सबैले महशुस गरेकै छौँ । यसबाट हाम्रो जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोवास लगायत जिविको पार्जन सँग सम्वन्धित क्षेत्रहरुमा प्रत्यक्ष असर महशुस गरिएको छ । यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथावन डढेलो जस्ता जलवायु जन्य प्रकोपका कारण ठूलो मात्रामा जन धनको क्षतिभई नै रहेको छ ।

यसैले वातावरण प्रदुषण कमगर्न र जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्न निम्न कुराहरुलाई ध्यानदिई व्यवहारमा कार्यान्वयन गर्नु गराउनु हुन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरु सँग हार्दिक अपिल गर्दछौँ ।

अपिल

  • प्लाष्टिक, धातु र सिसाजन्य सामग्रीको प्रयोग कम गरौँ । दैनिक उपभोग्य सामग्री प्रयोग गरेपछि फाल्नु पर्ने फोहोरमा कुहिने र नकुहिने पदार्थ अलग गरेर सुरक्षित विसर्जन, पुनः प्रयोग वापुनः चक्रण (Recycling) गरी प्रयोगमा ल्याऔं ।
  • प्लाष्टिक र काष्ठजन्य सामग्रीको अनावश्यक डढाउने कामन गरौँ । सफा हरित ऊर्जा (जलविद्युत) र सौर्य ऊर्जा प्रयोग गरौं, प्रयोग गर्न प्रोत्साहित गरौं ।
  • सामुदायिक वन उपभोक्ता, कवुलियती वन समूह सदस्य तथा निजीवन कृषकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई वन व्यवस्थापन कार्ययोजनाको अभिन्न अंग बनाऔं र प्रभावकारी रुपले कार्यान्वयन गरौं ।
  • वन श्रोतको उत्पादकत्व पत्ता लगाई वार्षिक स्वीकार्य कटानको परिधी भित्र रही वन पैदावारको दीगो ढंगले सदुपयोग गरौं ।
  • वन डढेलोले गर्दा कार्वनडाई अक्साईड उत्सर्जन भई बायुमण्डल थप तातिने हुँदा वन डढेलो लाग्ने, लगाउने वा वन डढेलो लगाउन दुरुत्साहनगर्ने काम कसैले कहिंल्यै नगरौं ।
  • हरेक वर्ष सुख्खा र गर्मी याममा (फाल्गुन देखि भदौ) वनमा डढेलो लाग्नाले कार्वन उत्सर्जन भई तापमान बृद्धिमा नकारात्मक सहयोग पुग्ने हुनाले सुख्खा याम आउनु अघि नै वन व्यवस्थापन गरी वनमा सुकेका काठ दाउरा, पत्कर लगायतका प्रज्वलनशील पदार्थ संकलन गरी सुरक्षित रुपमा विसर्जन वा खाडलमा हाली कम्पोष्ट मलमा परिणत गरौं।
  • सजिलै कुहिने सामग्रीको प्रयोगमा जोड दिऔं ।
  • राजमार्गमा गुड्ने सवारी साधनका यात्रुहरुले प्लाष्टिक जन्य सामग्री सडकमा नफालौं, आफूले पनि नफालौं र अरुलाई पनि नफाल्न प्रेरित गरौं । यातायात व्यवसायीहरुले समेत सवारी साधन भित्र फोहोर संकलन गर्ने डष्टबिन राखी त्यसैमा मात्र फोहोर जम्मा गरौं ।
  • वनका रुख विरुवाले वायुमण्डलको कार्वनडाई अक्साईड अवशोषण गरी हरितगृह ग्याँस उत्सर्जन कम गर्न महत्वपूर्ण र अहम् भूमिका खेल्ने हुँदा निजी बारी, कान्ला, सार्वजनिक जग्गा, सडकको दुबै तर्फको खाली ठाउँ, कुलो र नहरको डिल, जग्गाको साँध, सामुदायिक वन र कवुलियती वनका खाली स्थानमा धेरै भन्दा धेरै वृक्षारोपण गरौं । साथै वन विनाश हुने काम नगरौं र नगराऔं ।

थप जानकारीको लागि
सम्पर्कः ०१०–५२०१२५ ; ९८५१३१६८२५
ईमेलः [email protected]