कस्तो छ आजको मौसम पूर्वानुमान ?

68 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

त्यस्तै हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै बागमती र गण्डकी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने कर्णाली प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *