कुकुरको आत्मकथा

223 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  – शरण रेग्मी
मलाई आजसम्म म कहाँ जन्मिएको हो थाहा छैन नत मेरो जन्मस्थल नै थाहा छ नत बाबुआमा नै । मलाई मात्र थाहा छ कि म पानी परेको बेला एउटा बाँसको गाजमा रोइरहेको थिएँ ।
त्यो दिन मेरो रुवाई सुनेर होला, एउटा मानिस जस्तो देखिने प्राणी म नजिकै आयो । सायद उक्त व्यक्ति अरु भन्दा फरक थियो । त्यसैले सबैले उसलाई पागल भन्थे । त्यो मलाई आज बल्ल थाहा भयो । उक्त व्यक्तिको शरीरभरी लुगा–लुगा, बोटल पनि धेरै झुन्डिएको र हाँसिरहेको देखिन्थ्यो । उसले मलाई च्याप्प समायो । मुसुमुसु हाँस्यो र बाहिर कागजको पोको फालिदियो । मेरो टाउकोमा भएको चोटलाई राम्रोसँग नियालेर खै कुनी के हो दलिदियो । मलाई लाग्छ माटोले होला । मलाई भने साह्रै चरम आनन्द आइरहेको थियो । उसले यताउता पल्टायो, खुबै माया ग¥यो । उसको धेरै पत्र नै पत्र भएको लुगाभित्र राख्यो र हिड्यो । म भने जिन्दगीमा पहिलोपल्ट आमाले जस्तै माया गर्ने व्यक्ति भेटिएकोमा आनन्दित भएँ ।
रात छिप्पिदै थियो । पानी घनघोर परिरहेको थियो । उक्त व्यक्तिले मलाई रुखको ओत परेको ठाउँमा राख्यो र हरायो । म भने उक्त व्यक्तिको प्रतिक्षामा रहिरहे । भोक लागिरहेको थियो । टाउँकोमा रहेको चोट झन दुखिरहेको थियो । त्यो रातैभरी म रोहिरहे । कहिल्यै बाबाममि सम्झेर, कहिले पेट दुखेर कहिले त्यो मायालु मान्छे सम्झेर । मेरो आँखामा आँसु थिएन । सबै सिद्धिसकेको थियो ।
भोलिपल्ट त्यही बाटो हुँदै एकजना भलाद्मी मान्छे आयो । कोट पाइन्ट लगाएर हिडेको उक्त व्यक्ति मलाई देखेर जिल्ल प¥यो किनकि म बाटोको छेउको रुखमा ओत लगाएर बसेको थिएँ । उसले मलाई समातेर घरमा लग्यो । घरमा लैजाने क्रममा उसले मलाई धेरै माया दियो । बिस्कुट पनि बाटोमा किनेर खान दियो । मेरो पेटमा मुसा कराउन र चल्न छोड्यो । लगभग ४ घण्टा जतिको यात्रापछि मलाई घरैघर भएको ठाउँमा लग्यो घरमा सबैजनालाई आफूले बाटोमा भेट्टाएको हुँदा समाएर ल्याएको कुरा बतायो । घरमा पुग्ने बित्तिकै घर मालिक्नीले मालिकलाई बेस्मारी झपारिन् । भुस्याहा कुकुरको भर हुँदैन । यसले केही जानी टोके भने इन्जेक्सन लगाउनुपर्छ । ‘यिनीहरुको छेउ–छाउ बस्नु भनेको ठूलो दुःख निम्त्याउनु हो ।’ मत दङ्ग परे । मेरा दाँत तिखा भएका भए मालिकनीलाई टोकेर मारिदिन्थे ।
घरमा मालिकका २ छोराहरु रहेछन् । मालिकले २ छोराहरुलाई मलाई जंगलमा लगेर छोडिदिने आदेश दिए । मालिकका दुई छोराहरुले मलाई घाँटीमा समात्दै तुन्दु्रङ पारेर जंगलतीर लगे । करीब १ घण्टा जतिको हिडाइ पश्चात् मलाई बाटो नजिकै छोडिदिए । उनीहरु भने दौडिदै घरतर्फ लागे । घाम एकदम चर्को लागिरहेको थियो । म उक्लेर मूल बाटोमा आउने प्रयास गरे तर जति पल्ट प्रयास गर्दा पनि म सफल हुन सकिन, दिन ढल्दै थियो । मलाई भोक लाग्न थाल्यो । नजिकै मानिसको दिशा भेट्टाए । सायद त्यही दुई दाजुभाईले गरेको हुनुपर्छ । टन्न दिशा खाएर बसे । रात छिप्पीदै गयो । ज्यादै डर लागिरहेको थियो । दिशा खाएर पेट भोको त थिएन । ती दुई दाजुभाइले आजको रात काट्न सजिलो नै बनाइदिए । रातभरी नानाथरीका कुरा सोच्दै म रोइरहे ।
बिहान भयो । बसेको नजिकैतीर घस्याङ घुसुङको आवाज आयो । मेरो सातोपुत्लो गयो । एउटा घाँसीले राम्रो गीत गाएको आवाज सुनेपछि अलि रमाइलो लाग्यो । गीत जता बजेको हो त्यतै विस्तारै गुल्टिदै गुल्टिदै गएँ । पाइला सार्न त जान्दैनथे त्यो जंगलमा कसैलाई पनि देखिन भने त्यही पहिलाको मालिकको घरतर्फ जान्छु भन्ने सोचिरहेको थिएँ । बाटो त थाहा थिएन तैपनि गएपछि कुनै गाउँमा पुगिन्छ कि भन्ने सोच आयो । त्यो घाँसी त अर्को पट्टि पो गएछ । जंगलमा तलतीर हेर्दा केही घरहरु देखे । सकिनसकि घर्सदै म रातको अध्यारी रातमा एउटा गाउँमा प्रवेश गरे । रात झनै छिप्पिदै थियो । एउटा ठूलो घरमा गेटभित्रबाट छिरे । ठूलो घरमा पसेपछि पक्का पनि खाना खान पाउँछु र बस्न पाउँछु भन्ने सोचाइ आयो । त्यसैले मैले सबैभन्दा ठूलो घर रोजेको थिएँ ।
ठूलो घरको आगन पनि ठूलै थियो । घरको वरिपरि फलफूलका बोटहरु धेरै रहेछन् । आँगन अगाडी एउटा फूलबारी पनि रहेछ । कति राम्रो घर ! कति राम्रो बगैँचा कति राम्रो फूलबारी! म राती पिढीमा रहेको खाटमुनी सुटुक्क पसेर बसे ।
भोलिपल्ट त्यो घरको महिला बिहान चाँडै नै उठी र पिढी सफा गर्न थालिन । म धेरैदिनको निन्द्राबाट आक्रान्त थिएँ । बिहानपख निन्द्रामा परिरहेको बेला मेरो खाटा बसेको घाउमा दाउराको झटारो बज्रियो । म कुइअ……….. गर्दै त्यही बस्न खोजे । उनीले हसियाँ, ढुङुगा, करौती सबै वस्तुहरु प्रयोग गरेर मलाई मार्न खोजिन् । यत्तिकैमा बुढो मानिस निस्किए र भने “भो–भो छोड्देउ” कहाँबाट आएछ नि यो साँढे ?”
पिंढीमा रगताम्मै भयो । सोचे अब त मलाई बस्न दिन्छन् होला । केही समयपछि एउटा केटा बाहिर निस्कियो । उसले पिढींमा गहिरोसँग हे¥यो र भन्यो । “यस्तोलाई पनि किन बस्न दिएको होला ।” मैले भनेको त होनी ! बाले छोड्देउ भन्नुभयो । अघि मलाई दाउराको चिरपटले हान्ने महिला बोलिन्, मलाई लाग्यो । मलाई माया गर्ने बुढाबा हुनुहुँदो रहेछ र ती दुई छोरा बुहारीहरु अब मेरो कारण घरमा झगडा पर्ने भयो । अघिको केटाले मलाई सावेल लगाएर घरभन्दा पर बाटोमा पछारिदियो । मेरो शरिर पुरै थिलथिलो भएको थियो । म फेरी पनि त्यही घरैमा आएँ । मेरो विचार त्यो बुढोबा भएको ठाउँमा बस्ने थियो । म पुगेको केही समयपछि बुढोबा पनि घरमा आइपुग्नु भयो । मलाई मुसार्नु भयो र कसरी घाउँ भएको सोध्नुभयो । म भने कुइ–कुइ गर्दै बुढोको काखमा जान आट्दै थिए । मेरो पनि गल्ति थियो कि के हो ? मलाई बुढोले काखमा बस्न दिएन तर घरमा बस्न दिन सबै परिवारका सदस्यहरुलाई भन्नुभयो ।
बुढोबाको काम खासै थिएन । घरमा बा एक्लै हुनुहुदो रहेछ । कामै गर्न पनि जानुहुदैनथ्यो । पछि गाउँको एकजना मानिससँग कुरा गर्दा पो थाहा पाँए बुढाबा त बिट्रिसको लाहुरे रैछन् । त्यो गाउँको मान्छेले लान्छु भन्दा पनि त्यो बुढाबाले दिनुभएन । मलाई साह्रै रमाइलो लाग्यो । अब त बस्न र खान पाइने भयो भन्दै मेरो त खुसीको सिमा नै रहेन ।
बुढाबाको छोराले एकदिन ल्यापटप चलाएर धेरैजनासँग कुरा गर्दै थिए । तलब दुईतीन दिनमा दिने कुरो पो ग¥यो त । मैले एकदिन बुढाबा मात्र घरमा भएको बेला केटाको कोठामा पसेको थिएँ । भुईमा धेरै नै छापहरु, कागजहरु देखेर अड्कल काटे “बुढाको छोरा त प्रधानाध्यापक होला ।”
एक दिनको कुरा हो । मेरो घाउ पनि ठीक भइसकेको थियो । गाउँका केटाकेटीहरु आएर मलाई निमोठ्न चलाउन थाले । कसैले हात दे भन्ने, कसैले मसँग दौडी भन्ने, के….के…..के….के । एउटा आबरा जस्तो देखिने केटाले मैले हात दिइन रे भनेर आँखामा हान्यो । मैले एकपटक कतिजनालाई मेरो हात दिने ? मलाई अति रिस उठ्यो र टोकिदिए । त्यसपछि त्यो मालिक बाले (बुढाबा) मलाई मुखमा हिर्काउनुभयो र गाउँका एकजना केटालाई पठाइदिनु भयो ।
त्यो नयाँघरमा सुरुमा त राम्रैसँग राखेका थिए । सबै परिवारका सदस्यहरुले खाना खाएपछि मात्र मलाई खाना दिन्थे मलाई बाहिर एउटा फलामको साङलोले बाँधे । उनीहरु भित्र खाना खान्थे । म भने बाहिर कुइ–कुइ गरिरहन्थे । त्यो घरमा सानो एउटा केटाले चाही माया ग¥थ्यो तर अरुले त्यति वास्ता गर्दैनथे । मलाई त्यस दिन बेलुका एउटा कोठामा नबाधिकन छोडिदिए ।
अध्यारो रातमा मलाई डरलाग्यो । भोक लाग्यो । त्यसैले कराएँ । कराउनुको कारण मेरो विरोध थियो । मलाई पनि उनीहरुसँगै राखेको भए हुन्थ्यो । मैले सँगै राख भनेको हो कराएर । तर मानिसले कहाँ बुझ्दोरहेछ । भोलिपल्ट त्यो घरको जेठो छोरोले मलाई घाँटीमा निमोठेर आँगनबाट फालिदियो । म फेरी निरिह बन्दै आँगनमा आएँ । अर्को एक बृद्धाले मलाई पुनःफ्याकिदिए । त्यो विद्यार्थी केटोले पनि सबै जनालाई दुःख दिने सुत्न नदिने भन्दै नजिकैको रुखमा लगेर मेरो टाउँको ठोक्काइदियो । मैले तिरीमिरी, केही देखिन । मैले केही गर्न सक्दैनथे । लुरुलुरु बाटोमा हिड्दै थिए । एक्कासी असिना पानी प¥यो । म दौडिदै नजिकैको घरमा गएँ । मलाई अहिले त त्यो घरमा कुट्नसम्म कुटे । बाटोमा हिडिरहँदा मैले टोमको परिवारलाई देखे । उनीहरुको परिवारमा ७ जना थिएरे अहिले तीनजना मात्र रहेछन् । लक्की रियो, शेरु, लाइरालाई जन्मिएके दिनमै निर्दयी मान्छेले बोरामा पोका पारी फालिदिएको कथा लाइकाले सुनाइन ।
त्यसदिन देखि म मानवरुपी दानवको घरमा कहिल्यै नबस्ने निर्णयमा पुगे । भगवानसँग प्राथना गरे । “जबसम्म पृथ्वीमा मानिस रहन्छ, तब सम्म हामी कुकुरलाई सृष्टी नगर्नु ।” म दिनभरी लाइकाको परिवारसँगै हिड्ने र रमाउने गर्न थाले र बेलुका जहाँ पुगिन्छ त्यही बस्ने निर्णय ग¥यो । साथै मानिस सुतेपछि घरमा जाने र आराम गर्ने अनि उनीहरु उठ्नुभन्दा अगावै घरबाहिर निस्कने गर्न थाल्यौँ ।
सल्लाह सुझाव र प्रतिकृयाका लागि