बागमती प्रदेश सरकारले माग्यो ७१ पालिकामा कर्मचारी

150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

बुधबार, भदौ १३, २०८०

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश भित्रका ७१ वटा गाउँपालिकाको लागि करारमा कर्मचारी माग गरेको छ ।

मन्त्रालयले भदौ १२ गते मंगलबार सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले भदौ १२ गतेबाट १५ दिनभित्र तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछन ।

विज्ञापन अनुसार छनौट भएका कर्मचारीको जागिर २०८१ असार मसान्तासम्मका लागि हुने सूचनामा उल्लेख छ ।