नरसिंहधाम गएका बासु तिमल्सिना बूढीगण्डकीले बगाएर वेपत्ता

2482 पटक पढिएको

१५ भाद्र २०८०, शुक्रबार १६:५८ सम्पादक: धादिङ न्यूज

धादिङ, १५ भदौ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने धार्मिक स्थल नरसिंह धाममा स्नान गर्ने क्रममा शुक्रवार एक युवकलाई नदीले वगाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ विपि गाउँका  बासु तिमल्सिना नरसिंहधाम स्थित बूढीगण्डकी तथा नेत्रावती नदीको संगममा स्नान गर्ने क्रममा शुक्रवार दिउँसो नदीले वगाएर वेपत्ता भएका हुन । तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन् ।

तिमल्सिनाको खोजीका लागि  प्रहरी, मन्दिर समितिका सदस्य तथा स्थानीयवासी लागिरहेका छन् ।नदीमा पानीको बहाव निकै भएकाले खोजी गर्न समेत कठिनाई भईरहेको स्थानीयले जानकारी दिएका छन ।नदीमा हराईरहेका व्यक्तिको खोजीका लागि शशस्त्र प्रहरीको टोली समेत घटनास्थल पुगेको छ ।


नरसिह धाममा यो बर्ष दर्शन गर्न जाने र स्नान गर्ने दर्शनार्थीको निकै भिड लागेको छ ।