बोराङको थालगाङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ , १६ भदौ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर –४ बोराङको थालगाङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ ।

२२ फिट अग्लो ७०० टन  तौल भएको ढुङ्गाबाट निर्माण गरिएको भगवान शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको छ ।

मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरु,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापा, बोर्डका सदस्यहरु, कोष परिवार र यस कार्यमा बिशेष योगदान गर्ने फिलिम तामाङको उपस्थिति थियो ।

उदघाट्नका अवसरमा भेला भएका अतिथिहरुलाई गाउँका मुखियाहरु, गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष रसदस्यहरु, लामारझाक्रीहरु, विद्यालयका शिक्षक रविद्यार्थीहरु  र गाउँलेहरुले परम्परागत शैलीमा भब्य स्वागत गरेका थिए ।

मुर्ति स्थापना गरिएको ठाउँ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम सांसद बुद्धिमान तामाङको जन्म गाउँ हो ।

 राजा सहितको हिन्दु राज्य स्थापनाको मुद्धा लिएर राजनैतिक अभियान चलाईरहेका राप्रपाका बरिष्ठ नेताको पहलमा शिवको विशाल मूर्ति स्थापना गरिएपछि अहिले यस मूर्तिको निकै चर्चा शुरु भएको छ ।
मूर्तिको स्थापनाले बोराङमा धार्मिक पर्यटक भित्र्याउन सकिने पूर्वमन्त्री एवम सांसद तामाङको भनाई छ । ‘रुबीभ्याली गाउँपालिका पर्यटकीय महत्वको क्षेत्र हो ।