रुटिन अफ नेपाल बन्दको फेसबुक पेज बन्द भयो

270 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज/ २०८० भदौ १८ गते

काठमाडौं । ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेज बन्द भएको छ । एड्मिन भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिएको घोषणा गर्दै उक्त पेज ‘अनपब्लिस’ गरेका हुन् । पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो सामाजिक सञ्जालमार्फत पेज बन्द गरेको बताएका छन् । उनले लेखेका छन्, अब अट्याक गर्नु पर्दैन, स्वार्थले खोलेको थिएन तै भएर बाल छैन।… बाँकि कुरा पछि गरौला!’उनले पेज अनपब्लिस गरेको स्क्रिनसट पनि पोस्ट गरेका छन् ।

‘रुटिन अफ नेपाल बन्द’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको विवादित स्टाटसलाई बचाउका लागि सकृय रहेको कारण चौतर्फी विरोध भएपछि ४० लाख फलोअर्स भएको  फेसबुक पेज फेसबुक पेज संगै ३५ लाख ५५ हजार बढी फलोअर्स भएको इन्स्टाग्राम पेज पनि संचालकले आफैं वन्द गरेका हुन ।

‘रुटिन अफ नेपाल बन्द’ नामको पेजका सञ्चालक भिक्टर पौडेल हुन । उनि वालेन साहका मित्र समेत हुन ।

बालेनले काठमाडौंको मेयरमा उम्मेदवारी दिएपछि रुटिन अफ नेपाल बन्दले उनको पक्षमा प्रचार प्रसार मात्रै गरेको थिएन लविङ नै गरेको थियो । चुनावमा सहयोग गरेवापत बालेन मेयर बनेपछि महानगरपालिकाबाट सो पेजलाई  एक करोड आर्थिक सहयोग समेत गरेका थिए ।