सन् २०२५को अमेरिकाको डिभी खुल्यो, कात्तिक २१ गते राति १०:४५ बजेसम्म भर्न सकिने

317 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिकी विदेश मन्त्रालयले सन् २०२५ को लागि डाइभर्सिटी भिसा (डि.भी.)अनलाइन आवेदन खुल्ला गरेको हो ।  सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.)  सन् २०२५ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म भर्न सकिनेछ ।   नेपाली मिति अनुसार २०८० असोज १७ गते  बुधबार राति ९:४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। डिभीको लागि आवेदन २०८० कात्तिक २१ गते राति १०:४५ बजेसम्म दिन सकिनेछ।

नेपाल स्थित अमेरिकन राजदुताबास ले आफ्नो आधिकारिक वेब साइटमा सूचना प्रकाशित गरेर डिभि आवेदन खुलेको जानकारी दिएको हो ।

अमेरिकन दुताबासले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौ भनि सूचना टास गरेको छ । दुताबासले इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी गराएको छ ।

आवेदन नि:शुल्क हुने भन्दै डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क नलाग्ने दुतावासले जनाएको छ । यसको साथै आबेदन पत्र तथा अन्य कुराहरु थाहा पाउन दुतावासलेअनुरोध समेत गरेको छ ।

अमेरिकन दुताबास काठमाडौँले प्रकाशित गरेको सूचना 

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा http://www.dvlottery.state.govमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।

• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको  (२०८१ वैशाख २२ गते) त्यही कन्फर्मेशन नम्बर राखेर डिभी परे/नपरेको जानकारी पाइनेछ।

वा त्यसपछि http://www.dvlottery.state.govमा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानु पर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzMमा दिइएको छ ।