टिकटक बन्द गर्ने निर्णयको चौतर्फी विरोध

437 पटक पढिएको

२७ कार्तिक २०८०, सोमबार १९:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले नेपालमा  टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । सरकारको यो निर्णय सार्वजनिक भए लगत्तै सर्वत्र विरोध शुरु भएको छ ।

टिकटक बन्द गर्ने सरकारी निर्णयको चौतर्फी आलोचना भएको छ। प्रविधिमा आधारित ‘सर्ट टर्म भिडियो होस्टिङ एप’ नियमन गर्नुको साटो बन्द नै गर्ने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा सरकारको व्यापक आलोचना भइरहेको छ।