प्रधानमन्त्री प्रचण्ड कोप– २८ मा भाग लिन आज यूएई जाँदै

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदै हुनुहुन्छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नुभएको हो ।

संयुक्त अरब इमिरेट्स ९यूएई०मा मंसिर १४ गतेदेखि २६ गतेसम्म सम्मेलनको आयोजना हुँदैछ । प्रधानमन्त्री दाहालले मंसीर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्नुहुनेछ । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहाल मंसिर १७ गते स्वदेश फर्किने तालिका रहेको छ । भ्रमण टोलीमा एक सय जनाभन्दा बढी नेपाली प्रतिनिधि रहेका छन् ।