प्रधानमन्त्री र ओलीद्वारा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त

268 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको हो।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका हुन्। आचार्यको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे।