मर्न बरु गाह्रो हुन्न भन्ने फत्तेमान सबैलाई रुवाउदै अस्ताए
841 पटक पढिएको
मर्न बरु गाह्रो हुन्न ,तिम्रो माया मार्नै सकिन
वसन्तको हरियाली फूलसँगै ओइली जान्छ
निलो भूईको सेतो वादल हावासँगै उडी जान्छ
तर, तिम्रो न्यायो माया अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन् ।
काठमाडौं, भदौ २५ । यो कालजयी गीतका वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारी उनले गाएको गीत जस्तो सजिलो गरी मर्न सकेनन् । ७७ वर्षीय राजभण्डारी जसको सोमबार राती १२ बजेर ५० मिनेट जाँदा काठमाडौंको ओम नर्सिङ होममा उपचारका क्रममा निधन भयो । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित राजभण्डारी विक्रम संवत १९९३ साल मंसीर १३ गते मङ्सिर पूणिर्माको दिन काठमाडौंको पशुपति देवपत्तन नजिक जन्मिएका हुन् । चारसय बढी कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका उनले नेपाली गीत संगीतको क्षेत्रमा पनि ठूलो योगदान गरेका थिए । उनको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो । उनको योगदनको कदर गर्दै बंगलादेशबाट समेत लाईफ टाइम अचिभमेन्ट अवार्डले उनलाई सम्मान गरिएको थियो । उनका वनै खायो डडेलोले मनै खायो त्यै मोरीको पापी मायाले, सान्नानीको गालैमा कालो कोठी रैछ, जस्ता गीतहरु चर्चित छन । रातो र चन्द्रसूर्य जंङ्गी निशान हाम्रो गीत पनि उनैले गाएका हुन् । पशुपति वृद्धाश्रम नजिकै विहान १० बजेसम्म राजभण्डारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनको मंगलबारनै अन्त्येष्टी गर्ने तयारी छ ।
पिता जीतमान राजभण्डारी र आमा पूर्णमाया भण्डारीका तेस्रो सन्तानको रुप मा जन्मिएका राजभण्डारीका बुबा अमालकोट कचहरी(पशुपतिनाथको जग्गाजमिन रेखदेख गर्ने र पर्व चलाउने कार्यालय० को हाकिम द्वारे थिए । पशुपतिनाथका राजभण्डारीले पशुपतिनाथमा भण्डारेको रूपमा रहेर काम गर्नुपर्छ । यसरी भण्डारेको रूपमा काम गर्ने राजभण्डारीहरू चार खलक छन् । यी चार खलकमध्ये उनको परिवार पनि एक हो ।पशुपतिको भण्डारे भएका नाताले उनको परिवारमा व्रतबन्ध गर्दा व्रतबन्ध गर्नुअघि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । सोही चलनअनुसार नौ वर्षको उमेरमा उनको पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गरिएको थियो । राजाबाट व्रतबन्ध गर्नका लागि हुकुम भएपछि उनलाई चार दिन पशुपतिको भण्डारमा लगेर राखिएको थियो । त्यही क्रममा उनी नौ वर्षको उमेरमा भण्डारे भएका थिए ।
उनले दरवार हाइस्कुलमा १२(१३ वर्षको उमेरमा दुईचार महिना संस्कृत र पद्मोदय हाइस्कुलमा बाट ५ कक्षासम्मको अध्ययन गरेको पाइन्छ । फत्तेमान चार(पाँच वर्षकै उमेरमा बुबासँग भजन भएका ठाउँमा जान्थे । यसरी जाँदा उनलाई गीतसङ्गीतप्रति रुचि बढ्दै गएको र पछि गाउन र बजाउन सिपालु भएको भनिन्छ । सानै उमोरमा देवपत्तन समूहले देखाउने थिएटरमा पनि फत्तेमानले बालबालिकाको भूमिकामा खेलेका थिए । २०१८ सालतिर नातिकाजीको साथमा रेडियोमा गएका फत्तेमानले पच्चीस वर्षको उमेरमा पहिलोपटक रेडियोमा ुहे राम नाम प्रभुको, जप्दै प्राण यो जाओस्ु भजन रेकर्ड गराएका थिए । भारतिय सङ्गीतज्ञ गुरुदास गोख्ले २०१७ सालतिर नेपाल आएका वेला फत्तेमानले उनीसँग छ महिनाजति सङ्गीत सिकेका थिए । पछि २०१९ सालतिर एकेडेमीमा सङ्गीत शाखा खुलेपछि प्रो। रामप्रसाद रायसँग चार(पाँच वर्षसम्म शास्त्रीय सङ्गीत सिकेका उनको रेडियो नेपालमा आधुनिक, भजन, राष्ट्रिय र लोक गरी चार सयवटा गीत अहिलेसम्म रेकर्ड भइसकेका छन् । बीस(पच्चीसवटा गीतमा सङ्गीत र पन्ध्र(बीस वटा जति गीतको रचना पनि उनले गरेका छन् ।
फत्तेमानले सर्वप्रथम २०२५ सालमा रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा, ुयस्तो पनि हुदो रैुछ जिन्दगिमा कैले कैले ुबोलको गीत गाएर राजा महेन्द्रबाट प्रथम भएर स्वर्णपदक प्राप्त गरेका थिए । यसपछि २०५२ सालमा छिन्नलता पुरस्कार ,२०५५ मा प्रबल गोरखा दक्षिणबाहु लगायत हालसम्म डेढसय जति पुरस्कार प्राप्त गरिसकेका छन् ।
dailynepalnews.com