धादिङका सात होटल र रिसोर्टलाई -याफ्टिङ सेवा वन्द गर्न प्रशासनको निर्देशन

143 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- जलयात्रा व्यसाय सञ्चालन गर्दै आईरहेका जिल्लाका सात वटा ¥याफ्टिङ सेवा प्रदायक होटल र रिसोटलाई जलयात्रा सञ्चालनको अनुमति र विमा सम्वन्धी कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ ।

२०८१ बैशाख १३ गते सम्वन्धित सेवा प्रदायकको नाममा जिल्ला प्रशासन कार्यालयबाट लेखिएको पत्रमा भनिएको छ । ‘जलयात्रा (-याफ्टिङ) मुलुककाे पर्यटन क्षेत्रकाे विकाससँग प्रत्यक्ष रूपमा जाेडिएकाे व्यवसाय हाे।तर यहि क्षेत्र अवैध र असुरक्षित रहेको पाईएकाे छ। सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीकाे सुरक्षा बिमा समेत नगरी सञ्चालन भएको पाईएकाे हुँदा जिल्ला प्रशासन कार्यालय धादिङले देहायका ७ वटा -याफ्टिङ सेवा प्रदायक हाेटल/रिसोर्टहरूलाई अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि -याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएकाे छ।’

त्रिशूली नदीमा निर्वाध रुपमा जलयात्रा व्यवसाय सञ्चालन गर्दै आईरहेका जिल्लाका सात वटा होटल र रिसोर्टहरूलाई अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि ¥याफ्टिङ सेवा बन्द गर्न प्रशासन कार्यालयले निर्देशन समेत दिएको हो ।

जिल्ला प्रशासनले अनुमति र बिमा सम्बन्धी कागजात माग गर्दै नेचुरल रिसोर्ट, बेनिघाट रोराङ–५,रोयल रिभर साइट ¥याफ्टिङ रिसोर्ट, बेनिघाट रोराङ–३, माईलस्टोन भिलेज रिसोर्ट, बेनिघाट रोराङ–५,होलिडे विच रिसोर्ट, बेनिघाट रोराङ–७, चरौंदी विच रिसोर्ट, बेनिघाट रोराङ–७,विग सि रिसोर्ट, बेनिघाट रोराङ–३ र बुढीगण्डकी रिसोर्ट, बेनिघाट रोराङ–३, धादिङलाई पत्र पठाएर तत्काल सेवा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

जलयात्रा (दोश्रो संशोधन) नियमावली २०७० बमोजिम जलयात्रा व्यवसाय सञ्चालन गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

कानूनले तोकेको प्रकृया पुरा गरेर जलयात्रा व्यवसाय सञ्चालन गर्नु व्यवसायीको कर्तव्य भएकाले अनुमति र विमा सम्वन्धी कागजात पेश गर्न निर्देशन दिईएको हुँदा माग गरिएका काजगपत्र प्राप्त भएपछि आवश्यक जाँचबुझ गरि निर्णय लिईने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनु भयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *