सल्यानटारका विद्यार्थीले विद्युतीय गाडी बनाएर सबैलाई चकित पारिदिए

96 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा पढ्दै गरेका दुई विद्यार्थीले निर्माण गरेको चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) हिजोआज निकै चर्चामा छ । कक्षा १० मा पढ्दै गरेका सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेर सबैलाई चकित पारिदिएका हुन ।

गाउँघरमै भेटिएका सामाग्री जोडजाम गरेर दुई साता लगाएर तयार पारिएको मोटर गुडाएर सफल परिक्षण गरेपछि यि दुई भाई बिद्यार्थीको चर्चा चुलिएको हो । आंफ्हरुले बनाएको मोटरमा दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने दावी उनिहरुको छ ।

“कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेको जानकारी दिएपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लागेर दुई जना मिलेर उनिहरुले प्रयोगात्मक परिक्षण गरेर देखाएका हुन । थन्किएर बसेका पुराना पार्टपुर्जा प्रयोग गरेर गाडी निर्माण गर्न सफल भएको बसौला र अधिकारीको दावी छ ।

चालकसहित तीन जना बस्न मिल्ने मोटरमा दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको छ । सो मोटरलाई एक पटक चार्ज गरेपछि समथर बाटोमा दुई घण्टासम्म सजिलै संग गुडाउन सकिने र जति बढी भोल्टको क्षमताको ब्याट्री जडान र्गयो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीहरु बताउँछन् ।

आवश्यक सामाग्री पाउने हो भने अहिलेको भन्दा अझै धेरे क्षमताको सुविधा सम्पन्न विद्युतीय गाडी निर्माण गर्न सकिने दुई बिद्यार्थीले दावी गरेका छन् । परिक्षणका रुपमा निर्माण गरिएको विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने बताएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले आंफ्ँ निकै प्रभावित भएको र यस्ता काममा प्रोत्साहन दिन आवश्यक रहेको बताएका छन् ।
गाउँपालिकाले सञ्चालन गरिरहेको ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने अध्यक्ष उप्रेतीको भनाइ छ ।

नमूना मोटर निर्माण गर्ने दुई बिद्यार्थीलाई गाउँपालिका र विद्यालयले सम्मान गरेको छ । अध्यक्ष उप्रेतीले उहाँहरुलाई नगदसहित सम्मान गर्नुभएको हो । बिद्युत्तिय मोटर वनाउनु अघि यि दुई भाईले वर्षा र बाढी आएको थाहा पाउन सकिने विद्यतीय रोबोट निर्माण गरी प्रदर्शन गरेको विद्यालयका विज्ञान शिक्षक भुवन उप्रेतीले जानकारी दिए ।