सडकबाट लेदो हटाएपछि मौवाखोला मुग्लिङ सडक खण्ड दुईतर्फी सञ्चालनमा

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं – अविरल बर्षाका कारण पहिरो खसेर वन्द हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोला मुग्लिङ खण्ड सञ्चालनमा आएको छ ।

आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङनौबिसे सडक खण्ड अन्र्तगत मौवाखोला नजिकै सडक राती ३ वजे देखि अवरुद्ध भएको थियो । सडकमा जम्मा भएको लेदो हटाएर विहान ९ वजे पछि दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना–३ फिस्लिङ र धादिङको मौवाखोलाको बीचमा पर्ने सडक खण्डमा पहिरो खसेको थियो ।
सडक अबरुद्ध भएपछि रोकिन पुगेका सवारी साधन अहिले सञ्चालन भएर आफ्नो गन्तव्यमा लागेका छन् । सडकमा लामो जाम लागेको थियो ।

  • तस्बिर : पत्रकार – दानबहादुर गुरुङ