सिङ्ल्हामा खुल्ला म्हेन्दोमाया प्रतियोगिता,नुवाकोटको साल्मे-ए समूह भयो पहिलो

638 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज

खनियाबास ( धादिङ) ५ भदौ , २०८१ । धार्मिक तथा पर्यटकीय स्थल सिङ्ल्हाको रुप्चेतमा आयोजित बृहत म्हेन्दोमाया प्रतियोगिता नुवाकोटको साल्मे-ए समूहले जितेको छ ।प्रतियोगितामा पहिलो हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार नगद प्राप्त गरेका छन् ।

पाँच वटा समूहको सहभागिता रहेको प्रतियोगितामा धादिङको रुवी भ्याली समूह दोश्रो र नुवाकोट साल्मेको बि समूह तेश्रो भएका छन् ।तामाङ जातिको मौलिक कला संस्कृति लाई संरक्षण अनि प्रवर्द्धन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रीय कार्यसमितिले जनाएको छ ।

प्राचिन धार्मिक तिर्थ स्थल सिङ्ल्हामा भाद्र पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ ।सोही मेलाको अवसर पारेर भदौ २ र ३ गते म्हेन्दोमाया कलाकार संघ केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो ।हजारौ तिर्थलुहरुको माझ बिभिन्न संघ संस्थाका प्रधिनिधिहरु,लामा,बोन्बो, कलाकारहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो ।

मौलिक कला सस्कृति र पर्यटन प्रबर्दन गर्ने हेतुले म्हेन्दोमाया कलाकार सघ केन्द्र द्वारा २०८१ भाद्र २ र ३ गते म्हेन्दोमाया प्रतियोगिताको आयोजना भएको प्रतियोगिताको प्रमुख अतिथि धादिङको खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ, बिशेस अतिथि नेपाली काग्रेसका पुर्व क्षेत्रीय सभापति योग बहादुर तामाङ हुनुहुन्थ्यो ।

 म्हेन्दोमाया गायक लेक योन्जन तामाङ, म्हेन्दोमाया किङ गायक सागर एस वाइबा, वरिष्ठ चर्चित म्हेन्दोमाया गायिका रमला पाख्रिन, र मोडल तथा निर्देशक कोरोयोग्राफर राजकिङ वाइबा निर्णायक मण्डलमा रहेका थिए । धादिङ,नुवाकोट र रसुवा को मौलिक गीत सगीत प्रबर्दन गर्न आयोजना गरिएको म्हेन्दोमाया कलाकार संघ नेपालले जनाएको छ ।

प्राकृतक सौन्दर्यले अत्यन्तै रमणिय धार्मिक पर्यटकीय स्थल सिङ्ल्हा धादिङको खनियाबास र रुवीभ्याली, नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिकालको सिमानामा रहेको छ ।सिङ्ल्हा माने परम्परागत रुपमा धादिङ, नुवाकोट र रसुवासम्मका खासगरी पाँचसय खोला र सातसय खोलाभरका गाउँहरुको आरध्य इष्टदेवीको रुपमा सिङल्हा रहेको जनविश्वास रहि आएको छ ।

प्रतियोगिता अवधिभर रुप्चेत मा साल्मेको श्हाङ्मेन क्लबले होम्स्टे सन्चालन गरेको थियो । जस्ले गर्दा मेला भर्न र प्रतियोगितामा सहभागी हुन पुगेकाहरुलाई खाना र बस्नको लागि सहज भएको थियो ।
कार्यक्रम पश्चात श्हङ्मेन होम्स्टेले सिङ्ल्हा क्षेत्रको सरसफाई गरेका थिए ।

 म्हेन्दोमाया कलाकार संघ नेपालका अध्यक्ष आरम्भ तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त प्रतियोगिता संस्थाका महासचिव गायक किर्ती गोम्जा तामाङले उक्त कार्यक्रम संचालन गरेका थिए ।