राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रुवीभ्यालीको शिवडाँडामा
531 पटक पढिएको

रुवीभ्याली,१७ भदौ मंगलबार २०८१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पुर्व उप-प्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले मंगलबार धादिङको रुवीभ्याली गाउँपालिका ४ बोराङ थ्यालगाङमा रहेको शिवडाँडाको भ्रमण गर्नुभएको छ।
रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ शिव डाँडामा निर्माण गरिएको शिव मन्दिरको दर्शन गर्न मंगलबार दिउँसो अध्यक्ष लिङ्देन परिवारका सदस्यका साथ रुवीभ्याली आउनु भएको हो । भ्रमणटोलीमा राप्रपाका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङ ,राप्रपाका युवा नेता फिलिङ तामाङ सहित राप्रपाका नेताहरुको सहभागिता रहेको थियो ।
धार्मिक भ्रमणका लागि रुवीभ्याली पुग्नु भएका अध्यक्ष लिङ्देनले स्थानीय समुदायसंग भेटेर बर्षायाम शुरु भएपछि बाढी पहिरोका कारण क्षतिग्रस्त भएका ग्रामीण सडक र अन्य पूर्वाधारहरुको अबस्थाका वारेमा जानकारी लिनुका साथै मुलुकको पछिल्लो अबस्थाको बारेमा सर्वसाधरणलाई अवगत गराउनु भएको थियो । , नागरिकको अपेक्षाहरुको वारेमा बुझ्न र
शिव मन्दिर दर्शनका क्रममा अध्यक्ष लिङ्देन सहितको टोली शिव मन्दिरमा घण्टी राख्ने कार्यक्रममा समेत सहभागि भएको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रशान्त तामाङले जानकारी दिनु भयो ।
कुशे औंसीको अबसर पारेर शिव मन्दिरमा ७० किलोको घण्टी राख्ने कार्य सम्पन्न भएको छ । घण्टी निर्माणका लागि राप्रपाका अध्यक्ष लिङ्देन, बरिष्ठ उपाध्यक्ष तामाङ,पशुपति नाथका मूल भट्ट, पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव मिलन कुमार थापा, अर्थमन्त्रालयका सचिव टोकराज पाण्डे, अध्यक्ष लिङ्देनका स्वकिय सचिव छत्र शाही लगायतले आर्थिक सहयोग गर्नु भएको थियो ।
मन्दिरमा घण्टी राख्नका लागि मुख्य पहल गर्नेमा फिलिङ तामाङ र प्रशान्त हुनुहुन्छ ।
अध्यक्ष लिङ्देनलाई स्थानीयवासीले भव्य स्वागत गर्दै देश र जनता प्रति वफादार भई धर्म संस्कृतिको संरक्षणका निम्ति सच्चा पहरेदारका रुपमा अघि बढ्न आग्रह गरेका थिए ।