रुवीभ्याली चिनाउने छिमी मम्बाको सार्थक प्रयास ‘हाम्रो रुवीभ्याली’

488 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १९ भदौ बुधबार २०८१ । गणेश हिमालको काखमा रहेको पर्यटकीय आकर्षणको केन्द्र रुबी भ्यालीको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्न निर्मित ‘हाम्रो रुवीभ्याली’ गीतको म्युजिक भिडियो सार्वजनिक  भएको छ ।

२०८१ भदौ १८ गते (सेप्टेम्बर ३ तारिख २०२४) का दिन छिमी मम्बा युट्युब च्यानल मार्फत सार्वजनिक भएको  गीतमा छिमी मम्बाको शब्द, डोलराज बाह्रघरे मगरको  एरेन्ज र गायिका तारा शिरिष मगरको स्वर रहेको छ ।

देवराज आले मगरको संगीत रहेको  भिडियोको छायांकन तथा सम्पादन रोशन फ्युबा तामाङले गरेका छन् । म्युजिक भिडियोमा मोडल रन्जिता  तामाङको जिवन्त अभिनय रहेको छ  ।

गीतमा रुवीभ्याली गाउँपालिका र यस क्षेत्रको पर्यटकीय क्षेत्रहरु, धार्मिक सांंस्कृतिक महत्व,सामाजिक सद्भाव र समाजको पहिचान दिने शव्दहरु समेटिएका छन् ।

म्युजिक भिडियोको प्रोष्ट प्रोडक्सनमा लप्सङकर्पो म्युजिक सेन्टर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *