धादिङ दुध, मासु र अण्डामा आत्मनिर्भर 

218 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज

धादिङ, ३१ भदौ २०८१ ।धादिङ जिल्ला संघीय राजधानी प्रवेशको मुख्य नाका हो । यहाँका हरेक उत्पादन विक्री केन्द्रित हुन्छन् । यस जिल्लाका खासगरी पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ र कालु पाण्डे राजमार्ग आसपासका किसानहरु बर्षौ देखि व्यावसायिक उत्पादनमा लागेकाछन् । यहाँको उत्पादनले राजधानीका उपभोक्ताको आपूर्ति व्यवस्थालाई सहज बनाउदै आएको छ । तथ्यांकलाई हेर्ने हो भने दुध, मासु र अण्डामा धादिङ आत्मानिर्भर देखिन्छ  ।दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।

 खाद्य सुरक्षाका दृष्टिकोणबाट हर्ने हो भने उपलव्धता, पर्याप्तता, पहुँच र दिगोपना हुनु पर्छ । तर उत्पादकले विक्री शहर केन्द्रित गर्ने गर्दछ । सवै उपभोक्ताका आर्थिक तथा भौतिक रुपमा सहज पहुँच छैन । भौगोलिक विविधताले भरिपूर्ण रहेका गाँउवस्तिमा मासु भए दुध हुदैन । दुध भए अण्डा हुदैन , अण्डा भए मासु हुदैन । विश्व खाद्य संगठनले तोकेको मापदण्ड अनुसार आपूर्ति भएको नहुन सक्ने पशुपक्षंी विकास कार्यालय धादिङ प्रमुख डाक्टर सन्दीप सिलवालले बताए । उत्पादनका हिसावले धादिङ आत्मार्निभर छ । तर वितरण प्रणाली शहर केन्द्रित रहेको छ । गाँउघरमा मासु किनेर खाने चलन पुरानै हो । तर अण्डा र दुध किनेर खाने बानी परिसकेको छैन । बजारमा त मासु, दुध र अण्डा नै किनेर खान्छन । यहाँको उत्पादन काठमाण्डौ शहर केन्द्रित रहेको डा. सिलवालले बताए ।

खाद्य सुरक्षाका ढृष्टिकोणले प्रतिव्यक्ति वार्षिक १४ किलोग्राम मासु, प्रतिव्यक्ति ५२ वटा अण्डा, प्रतिव्यक्ति ९१ लिटर दुध तोकेको छ । यहाँ उत्पादन हेर्ने हो भने मासु प्रतिव्यक्ति ३७ केजी, दुध १२३ केजी, अण्डा १३७ वटा पर्न आँउछ । आव २०७९।०८० मा गाईको दुध १७ हजार ७१४ मेट्रिकटन, भैसीको दुध २३ हजार ५७६ मेट्रिकटन, गरी ४१ हजार २९० मेट्रिकटन दुध उत्पादन भएको छ । गत आवको तुलनामा तीन हजार ४३० मेट्रिकटन दुध उत्पादन घटेको छ । यसैगरी भैसी÷राँगोको मासु तीन हजार ६८५ मेट्रिकटन, खसी÷बोकाको मासु एक हजार २०४ मेट्रिकटन, भेडा÷च्याग्राको मासु ३५ दशमलव ४ मेट्रिकटन, संगुर÷बंगुरको मासु ३९० मेट्रिकटन र कुखुरा हाँसको मासु छ हजार ७६० दशमलव १ मेट्रिकटन गरी १२ हजार ७४ दशमलव ५ मेट्रिकटन, मासु उत्पादन भएको छ । गत आवको भन्दा ३१ दशमलव ५ मेट्रिकटन मासु उत्पादन वृद्धि भएको छ । यसैगरी कुखुराको अण्डा उत्पादन ४४ करोड ४४ लाख नौ हजार गोटा र हाँसको अण्डा उत्पादन ८३ हजार गोटा गरी ४४ करोड ५३ लाख दुई हजार गोटा उत्पादन भएको छ । गत आवको भन्दा चार लाख ४६ हजार गोटा अण्डा कम उत्पादन भएको छ । भेडा च्याग्राको उन उत्पादन ट हजार ४९० मेट्रिकटन उन उत्पादन भएको छ । गत आव भन्दा ९९मेट्रिकटन उन उत्पादन घटेको छ ।

 जिल्लामा पशुपंक्षी व्यावसायलाई औषधी उपचार सेवालाई प्रभावकारी बनाउन ६४ भेटेनरी औषधी पसलहर सञ्चालनमा रहेको तथ्यांक छ । व्यावसायिक फर्महरुको संख्या हेर्ने हो भने उत्पादन अझ बढी हुनु पर्ने देखिन्छ । पशुपंक्षी विकास कार्यालय धादिङको वार्षिक पुस्तिका गाई फर्म १३ वटा, भैसी र्फम ३३ वटा, दुई सय चार वटा बाख्रा र्फम, बंगुर फर्म २१ वटा, एक सय छ वटा पंक्षी फर्म  रहेको छ । यी र्फमहरु अधिकांश पृथ्वी राजर्माग, त्रिभुवन राजपथ र कालु पाण्डे राजमार्ग र जिल्ला सदरमुकाम आसपास मात्र रहेकाछन् । कृषक तहबाट  सञ्चालन हुदै आएका र्फमहरु दिगोरुपमा सञ्चालन भएको र नयाँ किसान जो अनुदान केन्द्रित र्फम सञ्चालन गर्छन । ति फर्महरु तथ्यांकमा मात्र हुन्छन् । अनुदान लियो केही समयपछि बन्द गरेर कता पुग्छन् पत्तो हुदैन । जो वास्तविक किसान हुन उनीहरु पनि अनुदानमा आश्रित किसानहरुले गर्दा हामीले अनुदान नपाएको बताउछन् ।  यहाँ काम गर्ने किसान मकै खाने बाँदर भएको वास्तविक किसानहरु गुनासो छ । कार्यालय प्रमुख डा सिलवाल पनि यी भनाइमा सहमत छन् । जो पशुपंक्षी व्यवासाय गर्दै आएकाछन् । उनहिरुो अनुदानमा पहुँच राख्न सक्दैनन् अर्थात आवश्यक कागजात पुरा गर्न वा सुचना नै पाँएन सक्दैनन् । जसरी दुधमा उत्पदान दिएको छ । त्यसैगरी किसानको खोर÷गोठमा गएर उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम बन्दैन । त्यति वेलासम्मको अनुदान निरन्तर पशुपंक्षी पालन गर्ने किसानले अनुदान पाँउन सक्दैनन् भन्छन् कार्यालय प्रमुख डा सिलवाल ।

 तथ्यांक अझ मसिनो गरी संकलन  गर्न संघीय मन्त्रालय, प्रदेश अन्तरगतको पशुपंक्षी विकास कायाृलय र स्थानीय तहको पशुपंक्षी विकास शाखा एकिकृत रुपमा काम गर्नु पर्ने देखिएको कार्यालय प्रमुख डा सिलवालले बताए ।

 व्इावसायिकता र खाद्य सुरक्षा फक पाटो भएकोले खाद्य सुरक्षाको दृष्टिकोणबाट ग्रामीण भेगमा उत्पादन र उपभोक्ता शिक्षा एक साथ सञ्चालन गर्नु पर्ने देखिन्छ । नव आगन्तुक किसानको एक्कासि हुने प्रवेशले जीविकोर्पाजनका लागि पशपंक्षी पालन गर्ने किसानलाई निरुसाहित गर्दै आएको छ । सरकारी अनुदानको पक्कापक्की भएपछि असारमा मर्फ दर्ता गर्ने र भदो असोजमा र्फम बोकेर अनुदानको दावी गर्ने नव आगन्तुक किसानहरुलाई निरुसाहित गर्न प्रभावकारी अनुगमन गर्न कायाृलयलाई वा अन्य कुनै निकायलाई जिम्मेवारी तोक्नु पर्छ । राजनिित पूर्वाग्रह त्याग्न सक्नु पर्छ । धादिङमा हरेक वर्ष उत्पादन बढाउन सकिन्छ । सवै परिवारमा खाद्य सुरक्षाको दृष्टिकोणबाट पनि मासु, दुध र अण्डाको उपलव्धता, पर्याप्तता, पहुँच र दिगोपन दिन सकिन्छ ।