महिला मानवअधिकार रक्षकहरुकोअध्यक्षमा खिलकुमारी तिवारी
327 पटक पढिएको
धादिङ, १० मंसिर २०८१ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिलकुमारी तिवारी चयन हुनु भएको छ । मंसिर १० गते धादिङबेसीमा सम्पन्न भएको सन्जालको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मतबाट निर्वाचित कार्य समितिको उपाध्यक्षमा दुर्गा अधिकारी, सचिवमा ज्ञानी कँडेल, सहसचिवमा रबिना पौडेल कोषाध्यक्षमा शुसिला भण्डारी र सदस्यहरुमा भगवती अर्याल,शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा ,हरिमाया शाही,आरती शाह र सीता रिजाल (अपांङ्गता ) र स्नेहा श्रेष्ठ (युवा क्षेत्र) बाट निर्वाचित हुनुभएको छ ।
जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा संस्थाको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो । जिल्लाभर बाट नै प्रतिनिधित्व गरि आएका महिला मानवअधिकार रक्षकहरुको सहभागितामा अधिबेशन सम्पन्न भएको हो ।
सञ्जालले विभिन्न समस्यामा परेका महिलाहरुको हक अधिकार प्राप्तिका लागि दवाबमूलक अभियान, जनचेतना तथा कानूनी लडाईका लागि बहस पैरवी जस्ता कायक्रम गर्दै आईरहेको छ ।