बागमती साहित्यिक महोत्सव–२०८१ आज देखि धादिङबेसीमा
140 पटक पढिएको

धादिङ, १६ फागुन २०८१ । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित धादिङबेसीमा आज देखि बागमती साहित्यिक महोत्सव–२०८१ हुँदैछ ।दुई दिन सम्म चल्ने महोत्सव फागुन १७ गते शनिवार सम्पन्न हुनेछ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा जिल्लाका साहित्यिक तथा सामाजिक संस्थाहरुको समन्वयमा हुन गईरहेको महोत्सव दुई दिन सम्म चल्नेछ ।
बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक श्रीवृद्धीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको छ ।
धादिङबेसीको नीलकण्ठ वालमन्दिर मा.वि.मा हुने महोत्सवमा आज बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुहुनेछ । कार्यक्रम उद्घाटनपछि विभिन्न सत्रका कार्यक्रमहरु सञ्चालन हुनेछन् । जस अन्तरगत हाम्रो भाषामा समसामयिकताको प्रश्नः आवश्यकता वा औचित्यमा डा बलदेव शर्मा गाउँलेसंग डा. नविनवन्धु पहाडी, लेखनमा विषय चयनः चयन हुनुपर्ने र छुट्नुपर्नेका निफन नाफनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, डा ज्ञानु पाण्डे र अम्मराज जोशीसंग पुरु लम्साल, बालसाहित्य, सृजना कला, हाम्रो दायित्वमा कृतिका लौडारी, समीक्षा अधिकारी र अंशिका जोशीसंग प्रकाश पौडेल, साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धनमा डा. दिनेशराज पन्त र प्रकाश सायमीसंग ओम रिजाल, हरिप्रसादका चित्रकलाः रैथाने संस्कृतिको प्रतिबिम्बमा हरिप्रसाद शर्मा र डां विष्णुप्रसाद शर्मासंग कृष्णमुरारी भण्डारी, समालोचनाको वर्तमानः आशाप्रद वा आशयप्रदमा महेश पौड्याल, रमेश प्रभात र हेमप्रभाष अधिकारीसंग श्रीबाबु कार्कीले सहजीकरण गर्नुहुने बताइएको छ ।
त्यसैगरि भविष्य द्रष्टाहरुमा अध्ययनशिलताको सवालः वर्तमान अवस्था र भविष्यको दिशामा राम कुमारी झाँक्री, डा. रामकुमार अधिकारी, सरल सहयात्री र कैलाश कोइरालासंग सुदर्शन खतिवडा, किनाराको साहित्य यात्रा : कति घाम कति छाँया ? मा चन्द्रप्रसाद न्यौपाने, निमेष निखिल र प्रोल्लास सिन्धुलीयसंग मिलन तिमिल्सिना, नेपालमा नारी लेखनः अनुभव र अनुभूतिको कसीमा सरिता तिवारी, कुमारी लामा र डा गीता त्रिपाठीसंग राजुझल्लु प्रसादले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
One thought on “बागमती साहित्यिक महोत्सव–२०८१ आज देखि धादिङबेसीमा”
Comments are closed.
BusinessIraq.com delivers comprehensive coverage of technology and telecommunications advancements shaping Iraq’s digital future. Our platform reports on IT infrastructure developments, e-commerce growth, and digital transformation initiatives across both public and private sectors. With special attention to startup ecosystems, tech innovations, and digital policy reforms, we keep readers informed about Iraq’s emerging digital economy and its impact on traditional business sectors.