धादिङबेशीमा “महिला उद्यमशीलता उत्सव २०८१“ सम्पन्न

81 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२४ फागुन २०८१ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ धादिङ लगायत संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् । यसैक्रममा धादिङबेशीमा “महिला उद्यमशीलता उत्सव २०८१“ सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहकार्यमा उत्सव सम्पन्न भएको हो ।

महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले धादिङबेँशी बिचबजारमा आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, ढाकाका  कपडा, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री र प्रदर्शन गरेका थिए।

मेलामा १५ भन्दा बढी स्टलहरू राखिएको थियो, जसले स्थानीय महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्नुका साथै र आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने अवसर पाएका छन् ।

कार्यक्रम  नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको अध्यक्षता रहेको थियो भने  नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाको प्रमुख आथित्यतामा  समपन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले नारी दिवस शुभकामना दिदै     महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्न सधै अघिसर्न आवश्यक रहेको बताए । महिलाहरुलाई संविधानले दिएको हक अधिकारको भरपुर फाइदा लिनका लागि उनले आग्रह गरे । महिला उद्यमशीलताको महत्वलाई जोड दिंदै नगर प्रमुख ढुंगानाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *