गलौंदीको महोत्सवमा भेटिएन रैथाने खाना एउटा मकैको बोट देखाएर कृषि प्रदर्शनी

281 पटक पढिएको

सम्पादक: Dhading News

केशव अधिकारी

गलौंदी (धादिङ) । गजुरी गाउँपालिकाको वडा नम्बर ५ गलौंदी स्थित त्रिशूली नदी किनारमा चैत १४ गते बिहीबार देखि धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव सञ्चालन भईरहेको छ ।

चैत १४ गते वागमती प्रदेशका पूर्व मुख्य मन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नु भएको महोत्सव चौथो दिन सम्म आईपुग्दा दर्शकको सहभागिता न्यून हुन पुगेको छ ।

जिल्ला होटल संघ धादिङको आयोजनामा भएको यो महोत्सवको संरक्षकमा गजुरी गाउँपालिका रहेको छ । नाम सुन्दा महोत्सव स्थल भित्र पक्कै पनि धादिङ जिल्लाका  विभिन्न जाती समुदायका खानाका परिकार र जिल्ला भित्रको कृषि उत्पादन र वजारीकरणलाई टेवा पुग्ने प्रदर्शनीहरु राखिएको हुनुपर्छ भन्ने लाग्नु स्वभाविक हो ।

महोत्सव स्थलमा न त कुनै स्थानीय खानाका परिकार देख्न पाईन्छ न त कृषि सम्वन्धी कुनै प्रदर्शनी । लाज मर्दो कुरा त के छ भने महोत्सव स्थलमा कृषिका नाममा एउटा मकैको बोट, एउटा लसुनको बोट र  बाल्टिनमा फलाईएको बन्दा  बाहेक त्यहाँ भित्र कृषिसंग सम्वन्धित कुनै सामाग्री प्रदर्शनीमा देख्न पाईदैन ।

मेला महोत्सवको नाममा यति धेरै लाजमर्दो अबस्था किन आयो सोच्ने बेला भएको छ । एक सयको हाराहारीमा रहेका स्टलमा ८० भन्दा धेरै खाली देखिन्छन् । महोत्सवको नाममा न स्थानीय सहभागिता, न कुनै उत्साह, स्टेज वरिपरी २०÷२५ जना भन्दा बढी दर्शक देखिंदैनन, देखिएकामा पनि १० जना जति सुरक्षाकर्मीहरुनै छन ।

केही समय यता नेपालमा मेला महोत्सवको नाममा विकृति फैलंदै गएको छ । समाजका लागि योगदान दिने कुनै लक्ष्य र उद्धेश्य नराखी आयोजकहरु आंफै कमाउने र रमाउने उद्धेश्यले हप्तै पिच्छे जस्तो महोत्सव आयोजना हुने गरेको छ । देशका अन्य स्थानमा जस्तै धादिङमा पनि महोत्सवका नाममा विकृति बढ्दै छ । यो बर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा गी फरक फरक नामका आधा दर्जन मेला महोत्सव सकिएका छन् । साहित्यिक होस या सांस्कृतिक, व्यापार मेला होस या खाना महोत्सव ति सबैको उद्धेश्य आयोजकले कमाउनु मात्रै देखिएको छ ।

मेला महोत्सव सम्वन्धी ठोस कानून नहुँदा स्थानीय तहले आफ्नो तजविजमा मेला महोत्सवको अनुमति दिने गरेका छन् ।

अधिकांश मेला महोत्सवले लोक कला,संस्कृति, परम्परा,व्यापार, पर्यटन प्रवद्र्धन गर्ने आकर्षक नारा अघि सारेपनि भित्रि उद्धेश्य आयोजकले कमाउनु र रमाउनु मै सिमित हुने गरेको देखिन्छ ।


महोत्सवका नाममा जुवा खेलाउनजे, मदिराको खुलेआम बिक्री वितरण गर्ने, छाडा गित नृत्य प्रस्तुत गर्ने कार्यले बढावा पाउने गरेको छ ।

जिल्ला भित्र संचालित कुनै पनि महोत्सवले आर्थिक सम्बृद्धि र स्वरोजगारका आधार र कृषि र पर्यटन प्रवद्र्धनमा खासै योगदान दिन सकेका छैनन् ।

भडकिलो गित संगित,स्थानीय संस्कृति भन्दा विदेशी तथा अपाच्य गित संगितलाई प्रश्रय दिने काम मेला महोत्सवमा हुने गरेको छ । मेला महोत्सवले जिल्लाको आर्थिक सम्बृद्धिमा कुनै योगदान दिन नसकेपनि युवापुस्तालाई अपाच्य गित संगितमा आकर्षण गराउन भने सहयोग पु¥याईरहेको छ ।

नारा र उद्धेश्य जे देखाएपनि मेला महोत्सव स्थानीय तहका सामान्य जात्रा भन्दा कमजोर देखिन थालेका छन् । मेलाको नाममा बढ्दै गएको विकृति, जस्ले पनि जति बेला पनि आयोजना गर्न पाउने, समाजका लागि योगदान दिने खास लक्ष्य र उद्धेश्य केही नभएका मेला महोत्सवलाई स्थानीय पालिका, प्रहरी प्रशासन र समुदायले व्यवबस्ति गर्न आयोजकलाई सचेत गराउनु जरुरी देखिन्छ ।

मेला महोत्सवको मौलिकता जोगाउँदै सबैको सहभागिता र आकर्षण दिने गरी निश्चित समयमा महोत्सतवहरु आयोजना हुन सकेन भने अहिले धादिङको गजुरी गाउँपालिकाको गलौंदी खेल मैदानमा आयोजना भएको नाम मात्रको महोत्सवको हविगत हुने निश्चित छ ।


जिल्लाभरका होटल व्यवसायीहरुको छाता संगठनले महोत्सवको आयोजना गर्दा जिल्ला भित्रका कुनै होटल सहभागि नहुनु,रुेथाने खानाको प्रचार गरेर महोत्सवमा केही नभेटिनु कृषि व्यापारको नाममा एउटा मकैको बोट प्रदर्शनीमा राखिनु लाजमर्दो अवस्था हो । यस्ता गतिविधिले आगामी दिनमा महोत्सवको लोकप्रियता अन्त्य हुने निश्चित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *