गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाले दिए राजीनामा

292 पटक पढिएको

२८ श्रावण २०८२, बुधबार १३:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् ।

कोइरालाले सामाजिक सञ्जालमा आफ्नो राजीनामाको इमेल सार्बजनिक गरेका छन् । उनी हाल अमेरिकामा रहेको बताइएको छ ।

कोइरालाले व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै राजीनामा दिएको बताएका छन् ।

डा. कोइरालाले गंगालाल अस्पतालमा २५ वर्ष बिताएको उल्लेख गर्दै शहीद गंगालाल राष्ट्रिय हदृय तथा स्नायु केन्द्रका  रुपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वत रहेको उल्लेख गरेका छन् । साथै उनले सल्लाह सुझावका लागि हरदम उपलब्ध हुने पनि बताएका छन् ।

कांग्रेस निकट कोइराला यस अघि गगन थापा स्वाथ्यमन्त्री हुदा उनको सल्लाहकार टिममा बसेर समेत काम गरेका थिए ।