धादिङको नीलकण्ठमा खोलाले बगाएर एक जना युवक बेपत्ता

438 पटक पढिएको

१ भाद्र २०८२, आईतवार ०६:०३ सम्पादक: धादिङ न्यूज

धादिङ -धादिङको नीलकण्ठ नगरपालिका ६ भोर्लेमा खोलाले बगाएर एक जना युवक बेपत्ता भएका छन् ।

शनिबार साँझ आगे खोला तर्ने क्रममा चितवनको कालिका नगरपालिका–३ घर भएका अन्दाजी २१ वर्षीय रबिन तामाङलाई खोलाले बगाएर वेपत्ता वनाएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै  इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट खटिएको प्रहरी टोलीले अन्य तीन जनालाई सकुशल उद्धार गर्न सफल भएपनि तामाङ भने हालसम्म बेपत्ता रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता रहेका तामाङ  नीलकण्ठ ५ मा सडक निर्माण गर्ने मजदुर हुन् ।