संयुक्त अरब इमिरेट्स (युएई) सरकारले दियो १२० नेपालीलाई आममाफी
388 पटक पढिएको
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।
नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।
दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।







