दक्षिणकाली सडकखण्ड अवरुद्ध

256 पटक पढिएको

२ भाद्र २०८२, सोमबार १०:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मकवानपुरको ज्यामिरेस्थित दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी फर्पिङ जाने) सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।