कस्तो छ आजको मौसम पूर्वानुमान ?

265 पटक पढिएको

७ भाद्र २०८२, शनिबार ०६:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ भने साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने जानकारी दिएको छ ।

हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली र बाँकी भु-भागमा आंशिक बदली रहेको छ भने बाग्मती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।