पत्रकार महासंघ धादिङद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

352 पटक पढिएको

७ भाद्र २०८२, शनिबार २०:३७ सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाले महिला हरुको महान पर्व हरितालिका तीजको  शुभकामना आदानप्रदान र  दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

पत्रकार महासंघको कार्यालयमा भदौ ७ गते शनिवार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार महिलाहरुको सहभागिता  थियो ।

महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले  कार्यक्रमको शुरुवातमा तीजको अवसरमा पत्रकार महिलाहरुको साथै सम्पूर्ण नारीहरुलाई संक्षिप्त  शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा परम्परागत दर खाने व्यवस्था, सांगीतिक प्रस्तुति तथा महिला पत्रकारहरूबीच आपसी संवादले मेलमिलाप र सम्बन्ध सुदृढ हुनुका साथै महिलाहरूबीच नेतृत्व विकास, आत्मबल वृद्धि र सामाजिक उत्तरदायित्वप्रति जागरुकता ल्याउने अपेक्षा गरिएको कार्यक्रम संयोजक अस्मिता पोखरेलले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महिलाहरुको साथै नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्षहरु नवराज छत्कुली,राजाराम शर्मा, पूर्व उपाध्यक्ष गायत्री खतिवडा, पूर्वसल्लाहकार पोषनाथ अधिकारी, महासंघका केन्द्रिय परिषद सदस्य केशव अधिकारी, महासंघ जिल्ला शाखाका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिती रहेको थियो ।