आज देशभर साधारणतया बदली, कतिपय स्थानमा भारी वर्षाको सम्भावना

301 पटक पढिएको

१ आश्विन २०८२, बुधबार ०६:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही स्थानमा र अन्य थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा लुम्बिनी प्रदेशको तराई तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाबारे जानकारी लिन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।